NewsKoseli.Com

अब सेनाले पनि डिजेल–पेट्रोल ओसार्ने…

 

शान्ति सुरक्षाको जिम्मेवारी पाएको नेपाली सेनालाई सरकारले इन्धन ढुवानी गर्न दिने भएको छ ।

निजी क्षेत्रले मात्र पेट्रोल, डिजेल, मट्टितेल, ग्यास र हवाई इन्धन ढुवानी गर्दै आएकामा अबदेखि ढुवानीको जिम्मा सेनालाई पनि दिन लागिएको हो । सेनाको कल्याणकारी कोषलाई पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर सञ्चालन अनुमति दिने प्रक्रिया अघि बढाउने निर्णय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

नेपाल आयल निगमको करारमा राखेर सञ्चालन गर्न सेनाले आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय भएको मन्त्रालयले जनाएको खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।


प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर