NewsKoseli.Com

७ प्रदेश : नाम र राजधानीमा कहाँ–कस्तो विवाद ?

प्रदेशको नाम र राजधानीमा अन्योल देखिएको छ । अहिलेसम्म प्रदेश– ४प्रदेश– ६ ले मात्र नाम र राजधानी टुंगो लगाएका छन् ।

प्रदेश– १

प्रदेशसभाको बैठक बस्न थालेको पाँच महिना बितिसक्दा पनि प्रदेशको नाम र राजधानीको विषयमा छलफल हुन सकेको छैन । नाम र राजधानीका विषयमा सांसदहरू पनि विभाजित छन् ।

प्रदेश– २

सत्तारुढ संघीय फोरम र राजपा प्रदेशको नाम ‘मधेस’ राख्नुपर्ने पक्षमा छन् । तर, कांग्रेस र नेकपा त्यसमा सहमत छैनन् । कांग्रेसले प्रदेशको नाम ‘मिथिला’ उत्तम हुने बताउँदै आएको छ । नेकपाले ‘जानकी’, ‘मिथिला’ वा ‘मिथिला–भोजपुरा’ बनाउन सकिने बताउँदै आएको छ । त्यस्तै, राजधानी जनकपुर वा वीरगञ्ज बनाउने भन्नेमा विवाद छ । तर, प्रदेशसभामा यी दुवै विषयमा अहिलेसम्म औपचारिक छलफल भएको छैन ।

प्रदेश– ३

प्रदेश– ३ मा नामभन्दा पनि राजधानी कहाँ राख्ने भन्ने विवाद चर्को छ । अहिलेको अस्थायी राजधानी हेटौंडा अपायक भएको भन्दै नुवाकोट, काभ्रे, भक्तपुर र चितवनका सांसदले प्रदेशसभामा प्रस्ताव नै दर्ता गराएका छन् ।

प्रदेश– ५

सांसदहरूले प्रदेशको नाम र राजधानी तोक्न प्रदेशसभामा पटक–पटक माग गरेका छन् । तर, यसबारे औपचारिक छलफल हुन सकेको छैन । नामभन्दा पनि राजधानी कहाँ राख्ने भन्ने विषय पेचिलो छ ।

प्रदेश– ७

सांसदहरूले पटक–पटक माग गर्दा पनि प्रदेशको नाम र राजधानीका विषयमा प्रदेश– ७ को सभामा छलफल हुन नसकेको खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर