NewsKoseli.Com

वैदेशिक रोजगारीमा ठगी : आधामाथि स्वदेशमै शोषण…

 

वैदेशिक रोजगारीमा देखिएका अनेक समस्यामध्ये आधाजसो स्वदेशमै हुने गरेको पाइएको छ । गन्तव्य मुलुकमा नेपाली रोजगारदाता र सरकारको पहुँच नभएका कारण कामदार समस्यामा परिरहेको गुनासो व्याप्त रहेका बेला आफ्नै ठाउँमा ठूलो संख्याका कामदार ठगीमा परिरहेको नयाँ तथ्य सार्वजनिक भएको हो ।

वैदेशिक रोजगारीमा जाने कामदारलाई कानुनी सहायता प्रदान गरिरहेको मानवअधिकारका लागि जनमञ्चले गरेको अध्ययनमा कामदार शोषणको केन्द्र आफ्नै मुलुक पाइएको हो । उक्त अध्ययनका अनुसार वैदेशिक रोजगारीमा जाने युवामध्ये ४५ प्रतिशत विदेश जानुअघि नै शोषणमा पर्ने गर्छन् ।

वैदेशिक रोजगारीका क्रममा ठगीमा परेको तथा सम्झौता अनुसार काम नपाएको भन्दै वैदेशिक रोजगार विमागमा वर्षमा सरदर २ हजार उजुरी पर्ने गर्छन्, जसमध्ये अधिकांशले न्याय पाउन नसक्ने खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर