NewsKoseli.Com

‘सिन्डिकेट अन्त्य गर्नू’ : मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

 

सार्वजनिक यातायातमा सिन्डिकेट पूर्ण रुपमा अन्त्य गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र मन्त्रालयका सचिव मधुसूदन अधिकारीलाई निर्देशन दिएका छन् ।

सिन्डिकेट अन्त्य गर्न चालिएका कदम प्रभावकारी हुन नसकेकामा प्रधानमन्त्री ओलीले उनीहरुलाई बुधबार कार्यालयमै बोलाएर असन्तुष्टि जनाएका हुन् । त्यस्ता कदम फितलो नबनाउन समेत मन्त्री महासेठ र सचिव अधिकारीलाई प्रधानमन्त्रीले सचेत गराएका छन् ।

सिन्डिकेट अन्त्य गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ दिलोज्यानले लागिरहेको तर मन्त्री महासेठसहित केही वरिष्ठ सरकारी अधिकारीले नै सिन्डिकेट ब्युँताउने कसरत गरिरहेको समाचार सञ्चार माध्यमहरुमा सार्वजनिक भएपछि प्रधानमन्त्रीले दुवैलाई डोकेको खबर बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर