NewsKoseli.Com

साकार हुँदैछ अब ‘उड्ने कार’ को सपना !

 

मानिसले धेरै अघिदेखि नै साँचेका हुन्– ‘उड्ने कार’ निर्माणको सपना । धेरै उपन्यास र फिल्ममा यसबारे कथा बुनिएका छन् । तर, अब भने बल्ल मानिसले देखेको ‘उड्ने कार’ को सपना साकार हुँदैछ ।

‘उड्ने कार’ को विकासमा धेरै कम्पनीले अनुसन्धान गरिरहेका छन् । तीमध्ये केही कम्पनी भने परीक्षणको चरणमा पुगिसकेका छन् । अमेरिकाको क्यालिफोर्नियामा नयाँखाले ‘उड्ने कार’ सार्वजनिक गरिएको छ, जसलाई उडाउन पाइलटको लाइसेन्स आवश्यक पर्दैन ।

ब्ल्याकफुलाई नाम दिइएको यो कार १० किलोमिटरसम्म उड्न सक्छ । यसलाई निर्माण गर्ने कम्पनीका अनुसार भविष्यमा यो कार गुड्ने खालको स्पोर्टस् कारकै मूल्यमा उपलब्ध हुनेछ । तर, सुरुआती अवस्थामा भने यो केही महँगो पर्नेछ ।

गुगलका सहसंस्थापक ल्यारी पेजको लगनी रहेको अर्को ‘स्टार्ट अप’ कम्पनी ‘किटी हक’ ले पनि लस भेगसमा व्यक्तिगत रुपमा उडाउन मिल्ने हवाईजहाजको परीक्षण गरिरहेको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर