NewsKoseli.Com

‘कम्युनिस्ट’ लाई ‘मार्क्सवाद पढाउँदै’ कांग्रेस नेता !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा मसालका नेता–कार्यकर्ता अहिले ‘मार्क्सवाद सिक्न’ व्यस्त छन् । ‘कम्युनिस्ट’ नेता–कार्यकर्तालाई मार्क्सवादबारे ‘प्रशिक्षण’ दिन मार्क्सवादको ज्ञान भएका विद्वानहरू देश दौडाहमा निस्किएका छन् ।

रोचक पक्ष त यो छ कि ‘कम्युनिस्ट’ कार्यकर्तालाई मार्क्सवाद सिकाउने एक जना ‘गुरु’ भने कांग्रेसका नेता छन् । उनी हुन्– प्रदीप गिरि । मार्क्सवादबारे ‘ज्ञानको भण्डार’ मानिने गिरिले १५ वैशाखमा झापामा ‘कम्युनिस्ट’ कार्यकर्तालाई प्रशिक्षण दिए । १० हजार युवालाई मार्क्सवाद पढाउने लक्ष्यसहित झापाबाट सुरु भएको यो अभियानमा गिरिसँगै मोहनविक्रम सिंह, राम कार्की, हरि रोकालगायतका ‘प्रशिक्षक’ छन् ।

२१ र २२ वैशाखमा काभ्रेको धुलिखेलमा भएको प्रशिक्षणमा पनि गिरि ‘प्रशिक्षक’ का रूपमा उपस्थित थिए । यो प्रशिक्षणमा मोहनविक्रम सिंह, चैतन्य मिश्र, पीताम्बर शर्मालगायतले पनि प्रशिक्षण दिए । २२ असारमा नेपालगञ्जमा भएको प्रदेशस्तरको पहिलो मार्क्सवादी प्रशिक्षणमा पनि घनश्याम भुसाल, राम कार्की, गणेश शाहसँगै प्रदीप गिरि पनि प्रशिक्षण दिन पुगेका थिए ।

आफूहरूलाई प्रशिक्षण दिन कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरि उपस्थित भएपछि ‘कम्युनिस्ट’ कार्यकर्ताहरु आश्चर्यमा पर्ने गरेका छन् । तर, गिरिको प्रशिक्षण सुन्दै गएपछि सबै प्रभावित भएको नेकपा मसालका नेता समीर सिंहले बताएको खबर आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर