NewsKoseli.Com

इन्टरनेट महशुलमा करवृद्धि : सरकारको सर्वत्र विरोध…

 

मंगलबारदेखि लागू हुने गरी सरकारले बढाएको इन्टरनेटको सेवाशुल्क सम्बन्धमा चौतर्फी विरोध भएको छ । शुल्क बढाउने घोषणा बजेट वक्तव्यमार्फत जेठ १५ मै गरिए पनि कार्यान्वयन भएको पहिलो दिन मंगलबार सेवा प्रदायकदेखि उपभोक्तासम्म– सबै तर्फबाट विरोध भएको छ ।

सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भएको छ भने राजश्वको लक्ष्य भेट्ने नाममा उपभोक्तालाई चेपेको आरोप लगाइएको छ । दूरसञ्चार सेवा प्रदायकले तिर्नुपर्ने सेवाशुल्क वृद्धि भएसँगै त्यसको प्रत्यक्ष मार पर्ने भनेको उपभोक्तालाई नै हो ।

मंगलबारदेखि दूरसञ्चार सेवा प्रदायकले तिर्नुपर्ने सेवा शुल्क १३ प्रतिशत पुगेको छ भने सोमबारसम्म दूरसञ्चार सेवा शुल्क ११ प्रतिशत मात्र थियो । इन्टरनेट सेवा प्रदायकलाई पहिलो पटक सेवा शुल्क लगाइएको छ । अब टेलिफोन शुल्क पनि २ प्रतिशतले बढेको खबर बुधबारको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर