NewsKoseli.Com

‘संसदमा को छ म जस्तो नेता ?’

 

‘वामदेव रिटर्न्स’ शीर्षकमा आइतबारको नेपाल साप्ताहिकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक शीर्ष नेता वामदेव गौतमको अन्तर्वार्ता प्रकाशित गरेको छ । देशैभर ‘वाम लहर’ चल्दा समेत चुनाव हारेका गौतम उपचुनावको ‘जस्केलो’ बाट संसद छिर्ने रणनीतिमा छन् । यहाँ प्रस्तुत छ सोही अन्तर्वार्ताको रोचक अंश–

पार्टीले देशैभर जित्दा तपईंले हानुभो, चुनावको ६ महिनामै संसदमा आउने योजना बनेको हो ?

म हारेको होइन । सूर्य वा हँसिया–हथौडामा मतदाता झुक्किँदा ५ हजार मत बदर भए । त्यसैले प्राविधिक रुपमा कांग्रेसका सञ्जय गौतमले जिते ।

डोल्पाका सांसदलाई राजीनामा गर्न राजी गराउनुभो ?

डोल्पा निश्चित भइसकेको छैन । मेरा लागि ठाउँ छाड्न दर्जन सांसद तयार छन् ।

तपाईं संसदमा नगई नहुने किन नि ?

संसदलाई दिशा दिन सक्ने, सबैलाई मिलाएर हिँड्ने मजस्तो नेता को छ ? म ०५६ र ०४६ मा संसदमा भइनँ । ती संसद असफल भए तर म भएका बेला ०४८, ०५१, ०७० का संसद सफल भए । ०५४ मा स्थानीय चुनाव गराएँ । ०७० मा एमाले–कांग्रेस र माओवादीलाई एक ठाउँमा ल्याएर संविधान बनाउन भूमिका खेलें । म नलागेको भए शान्ति प्रक्रिया के हुन्थ्यो ? एमाले गणतन्त्रमा जान्थ्यो कि जाँदैनथ्यो ? संविधान बनाउने सहमतिमा माओवादी आउँथ्यो कि आउँदैनथ्यो ? तपाईं आफैं मूल्यांकन गर्नोस् ।

तपाईं संसदमा आउने प्रधानमन्त्री बन्न हो ?

म प्रधानमन्त्री र अध्यक्ष बन्नु हुन्न भन्ने कहीं छ ? मेरा सबै समकक्षी प्रधानमन्त्री भइसके । मैले अझै एक जनालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न बाँकी छ भनेर प्रचण्डले संसदमै भन्नुभो । केपी कमरेडले कयौं पटक ‘अब वामदेवको पालो’ भन्नुभएको छ । तर, यो पाँच वर्ष सम्भावना छैन । एउटै प्रधानमन्त्रीले पूरै कार्यकाल चलाउने तय भइसकेको छ ।

नेकपाभित्र प्रचण्ड र वामदेवको ‘गुट’ बनिसकेको हो ?

अहिले केपी कमरेड र प्रचण्डको जस्तो दोस्ती अरु कसैको छैन । माधवजी .माधवकुमार नेपाल) दुवैलाई खुसी बनाएर खुसी हुनुहुन्छ । सबैलाई थाहा छ– म गुटबन्दी गर्दिनँ । प्रचण्डसँग पुरानो दोस्ती हो, पार्टी एकतापछि गाढा भयो । पूर्वएमालेसँग दोस्ती छँदैछ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर