NewsKoseli.Com

‘म अहिले बोल्दिनँ’ भन्दै निलम्बित एसपी विष्टले भने…

मंगलबार साँझ संवाददाताको सम्पर्कमा आएका निलम्बित एसपी डिल्लीराज विष्टसँगको संक्षिप्त संवाद बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

निर्मला पन्तको बलात्कार तथा हत्यामा दोषी पत्ता लगाउनुभन्दा निर्दोषलाई फसाउन तपाईंको भूमिका भयो, त्यही आरोपमा तपाईं निलम्बित पनि हुनुभयो । तपाईंको प्रतिक्रिया के छ ?

अहिले म केही बोल्दिनँ ।

सुरुमा जीवन घर्तीमगर र दीपक नेगी, पछि चक्रदेव बडूजस्ता निर्दोषलाई दस–दस दिनभन्दा बढी समय थुनेर मानसिक–शारीरिक यातना दिइयो । यो दमन किन ?

यस विषयमा सीआर्इबी र हाम्रो अनुसन्धान टोलीलाई सोध्नुहोस् ।

तपाईं जिल्लाको प्रहरी प्रमुख । तपाईंको निर्देशनविनै अनुसन्धान टोलीले ती गिरफ्तारी गरेको हो र ?

प्रमुखको हिसाबले मेरो जिम्मेवारी हुन्छ । तर, अहिले म केही बोल्दिनँ ।

त्यसो भए शंकाको घेरमा रहेको घरपरिवारलाई शंकाको सुविधा दिएर निर्दोष हेमन्ती भट्टलाई पक्राउ गरी किन यातना दिनुभयो ? त्यो अबोध किशोरीलाई टाउको तल, खुट्टा माथि गरेर कुट्न तपाईंले नै निर्देशन दिनुभएको होइन ?

यस विषयमा सीआर्इबीलाई र हाम्रो अनुसन्धान टोलीलाई सोध्नुहोस्, म अहिले केही बोल्दिनँ ।

जिल्लावासीको सुरक्षामा खटिएको प्रहरी प्रमुखले उल्टै नागरिकलाई यातना दिएको विषयमा यसरी पन्छिन मिल्छ ?

म समय आएपछि बोल्छु ।

हेमन्तीले हामीलाई भनेकी छन् कि तपाईं आफैं अघि सरेर उनलाई जिन्दगी बर्बाद गरिदिने धम्की दिनुभयो । निर्दोष किशोरीलाई धम्क्याउँदा तपाईंको मनमा दया जागेन ?

म यस विषयमा केही बोल्दिनँ । यो अनुसन्धानको विषय हो ।

तपाईं र बम परिवारको पुरानै चिनजान भएकाले उनीहरूको पक्षपोषण गर्नुभएको छ, आवतजावत पनि थियो भन्ने चर्चामा आइरहेको छ । तपाईंको प्रतिक्रिया के छ ?

जिल्ला एउटै पर्नु संयोग होला तर मैले निर्मला पन्तको घटनापछि मात्रै बम परिवारबारे थाहा पाएको हुँ ।

निर्मला जहाँबाट हराइन्, त्यो बम परिवारको घर खानतलासी गर्नु र उनीहरूको बयान लिनुको साटो उल्टै पक्षपोषण गर्नुभयो । त्यसैले सम्बन्धको खोजी भएको हो नि…

अहँ, कुनै सम्बन्ध छैन ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर