NewsKoseli.Com

विदेशमै व्यस्त नेकपाका नेता, अझै कहाँ–कहाँ जाने तयारीमा को–को ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेता विदेश भ्रमणमा व्यस्त हुँदा पार्टी काम प्रभावित हुन थालेका छन् ।

पार्टी अध्यक्षदेखि सचिवालयसम्मका नेता निरन्तर विदेश यात्रामा रहँदा जनसंगठन तथा पार्टीका तल्ला (प्रदेश तथा जिल्ला) कमिटीको एकीकरण प्रक्रिया समेत प्रभावित भएको छ ।

९ सदस्यीय सचिवालयका दुई जना अहिले पनि विदेशमै छन् भने अरु दुई नेता विदेश जाने तयारीमा छन् । वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका छन् र ईश्वर पोखरेल लेबनानमा छन् । भारत सरकारको निमन्त्रणामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २२ भदौमा ५ दिने भारत भ्रमणमा जाँदैछन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपाको एउटा टोली चीन जाँदैछ । श्रेष्ठ नेतृत्वको टोलीको भ्रमणलाई सचिवालय बैठकले अनुमोदन पनि गरिसकेको छ । श्रेष्ठ चीनमै रहेका बेला अध्यक्ष दाहाल असोज १ मा चीन भ्रमणमा जाने कार्यक्रम छ ।

शीर्ष नेताहरू विदेशमा रहेपछि १९ र २० भदौका लागि बोलाइएको स्थायी समिति बैठक प्रभावित हुने देखिन्छ । वरिष्ठ नेता नेपाल भदौ २० मा र पोखरेल लेबनान–पोल्यान्ड हुँदै भदौ २३ मा स्वदेश फर्कने खबर आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर