newskoseli.Com

नब्याएको बाच्छीले दूध दिन थालेपछि…

गौरादह नगरपालिका– ३, झापाका राजन पन्तको घरमा पालेको गाईको बाच्छीले नब्याइकनै चार दिनदेखि दूध दिन थालेपछि स्थानीयवासी अचम्मित भएका छन् । नब्याएको गाईले दूध दिएको हेर्न अहिले पन्तको घरमा बिहानदेखि बेलुकासम्म मानिसको भीड लाग्न थालेको छ । ‘चिकित्सा विज्ञानलाई आश्चर्यमा पार्नेगरी आफ्नै गोठमा बाँधेर पा...बाँकी

८ महिनामा झण्डै ३ अर्बको प्याज आयात : ‘कृषिप्रधान’ नेपालको लज्जा !

साउन यताको ८ महिनामा २ अर्ब ७९ करोड रुपैयाँको प्याज आयात भएको छ । भान्छामा अत्यधिक उपभोग हुने प्याज यो अवधिमा ७१ हजार ३ सय ४० टन आयात गरिएको हो । यही अवधिमा १ अर्ब १२ करोड रुपैयाँको १० हजार ३ सय ११ टन लसुन समेत विदेशबाटै भित्रिएको छ । यो ८ महिनामा आलु नै पनि ६ अर्ब ४५ करोड रुपैयाँको २ लाख ५१ हजार ९ ...बाँकी

मुस्ताङको आलुमा व्यापारीको हारालुछ

मुस्ताङमा स्याउजस्तै मुख्य ब्रान्ड बनेको छ आलु । जिल्ला बाहिरका व्यापारी कोरोना कहरकै बीचमा पनि आलु खरिद गर्न मुस्ताङ आएका छन् । उनीहरू किसानको घरदैलोमै पुग्ने गरेका छन् । गतवर्ष आलु पाथीको १ सय ३० रुपैयाँमा बिक्री भएको थियो । यस पटक २५ प्रतिशत बेसी मूल्यमा बिक्री गरिरहेको जोमसोमका किसान अजित थका...बाँकी

११ करोड घोटाला : प्रधानमन्त्री कृषि परियोजनाको हविगत

कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत शीत भण्डार निर्माणमा ११ करोड रुपैयाँ अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ । अनियमितता गर्ने परियोजनालाई कारबाही गर्न सरकारलाई अख्तियारले सुझाव दिएको छ । प्रधानमन्त्री कृषि परियोजनाका नाममा सरकार...बाँकी

गाउँमा पाइने केराका ‘बुङ्गा’, सहरमा भए ज्यादै महँगा !

झिसमिसेमै विराटनगर अस्पताल चोकमा भेटिने मोरङ जहदा गाउँपालिका– ४, केवलासा टोलका चिसुदु ऋषिदेव दिनभर गाउँका घर–घरमा डुल्छन् । दिउँसो गाउँ घुम्ने र बिहान विराटनगर रुङ्ने दैनिकी ५२ वर्षीय ऋषिदेवले आफैं बसाएका भने होइनन् । बुबाकै पालादेखि सुरु भएको उनको यस्तो दैनिकी ४० वर्षयता निरन्तर छ । गाउँघरको तरक...बाँकी

खेतदेखि पेटसम्म जताततै विषैविष

स्वच्छता तथा वनस्पतिजन्य स्वच्छतासम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा खेतदेखि पेटसम्म विषादीयुक्त खाने कुरा पुग्ने गरेको पाइएको छ । सीमा क्षेत्रमा रहेका कानुन कार्यान्वयन गर्ने निकायहरूले कडाइ नगर्दा उत्पादनस्थलदेखि पेटसम्म विषादीयुक्त खाने कुरा पुगेको जनाइएको छ । खाद्य प्रविधि तथा गुण ...बाँकी

अण्डा बेचेर महिनामै ४ लाख आम्दानी

बागलुङ नगरपालिका– १३, पैयुँपाटा, डाँडाथरस्थित ‘बलेवा बहुउद्देश्यीय व्यावसायिक कृषि एन्ड पोल्ट्री फार्म उद्योग’ मा अहिले ४ हजार ६ सय ‘लेयर्स’ जातका कुखुरा छन् । ती कुखुराले दैनिक ४ हजार वटा अण्डा दिन्छन् । अण्डा बेच्दा मासिक १२ लाख रुपैयाँको कारोबार हुन्छ । एउटा अण्डाको मुल्य १० रुपैयाँ पर्छ । एक ...बाँकी

तरकारीमा विषादीको भयावह अवस्था : जनस्वास्थ्य जोखिममा…

तरकारी र फलफूलको गुणस्तर जाँच नहुँदा जनस्वास्थ्य जोखिममा रहेको चिकित्सकहरूले बताएका छन् । तरकारी र फलफूलमा विषादी जाँच गर्न पूर्वाधार नभएको जनाउँदै सरकारले गरेको निर्वाध रूपमा आयात गर्न दिने निर्णय जनस्वास्थ्यका दृष्टिले अपराधजन्य भएको चिकित्सकहरूको भनाइ छ । विषादी प्रयोग गरिएका तरकारी एवं फलफूल ...बाँकी

तरकारी आयात–निर्यात : नेपालीलाई सास्ती, भारतीयलाई मस्ती…

तरकारी भारतबाट नेपालमा मात्र आउँदैन, नेपालबाट भारततिर पनि जान्छ । तर, निर्यात गर्दा नेपाली व्यवसायी भारतीय अधिकारीहरुबाट अनेकन झन्झट व्यहोर्न बाध्य छन् । भन्सार नजिकका प्रयोगशालामा तयारी नपुगेको भन्दै सरकारले भारतीय तरकारीको विषादी परीक्षण रोकेको छ । भारतको पनि सीमा नजिक क्वारेन्टाइन प्रयोगशाला छ...बाँकी

तरकारीमा विषादी : जाँच्ने निकाय नै आफैं बिरामी !

तरकारी तथा फलफूलमा प्रयोग हुने विषादी मानव स्वास्थ्यका लागि घातक छ । तर, विषादीको मात्रा के–कति प्रयोग भएको छ भन्ने जाँच गर्ने संयन्त्र भरपर्दो छैन । देशकै ठूलो तरकारी थोक बजार कालीमाटीमा पाँच वर्षअघि सरकारले द्रुत विषादी अवशेष विश्लेषण इकाई सञ्चालनमा ल्यायो । इकाईअन्तर्गतको प्रयोगशालाले तरकारीमा...बाँकी