NewsKoseli.Com

मोर्चाको गठबन्धनद्वारा समर्थन फिर्ता लिएको घोषणा

व्यवस्थापिका – संसद्को वुधबारको बैठकमा सांसद महेन्द्रराय यादवले वर्तमान सरकारलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको गठबन्धनले दिएको समर्थन फिर्ता लिएको घोषणा गर्दै त्यसको औपचारिक जानकारी सभामुखलाई दिने बताए । वर्तमान सरकार गठनका बेला मोर्चासँग भएका तीनबुँदे...बाँकी

सीमाङ्कन विवाद आयोगमार्फत समाधान गर्ने प्रस्ताव सुरू

सरकारले आसन्न स्थानीय तहको निर्वाचन अघि सीमाङ्कन बाहेकको संविधान संशोधन पारित गर्ने प्रस्ताव अघि सारेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सरकारबीच वुधबार सिंहदरबारमा भएको वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमाङ्कन संशोधनको विषयलाई आयोगमार्फत...बाँकी

न्यायाधीशको पारिश्रमिकसम्बन्धी विधेयक स्वीकृत

प्रधानन्यायाधीशसहित सर्वाेच्च अदालतका न्यायाधीश, उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य सर्तसम्बन्धी विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्बाट  बहुमतले स्वीकृत भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर...बाँकी

निर्वाचनमा सहयोग गर्न सबै पक्षसित आग्रह

 गाउँविकास तथा नगरपालिकासम्बन्धी विद्यमान संरचनालाई गाउँपालिका र नगरपालिकाले प्रतिस्थापन गरी शासन व्यवस्थामा नयाँ अध्यायको सुरुआत भएको छ । संविधान कार्यान्वयनका क्रममा सरकारले स्थानीय निकायलाई स्थानीय तहमा प्रतिस्थापन गरेपछि मङगलबारदेखि सिंहदरबारमा निहित कार्यापालिका, न्यायपालिका तथा व्यवस्थापिकासम्बन्धी...बाँकी

राष्ट्रपति कृषक पुरस्कार वितरण

जिल्ला कृषि विकास कार्यालयले तीन कृषकलाई जनही १० हजारसहित राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको छ । पुरस्कृत हुनेमा नगरकोट नगरपालिका – ८ खरिपाटीका कोमलप्रसाद तिमिल्सिना तथा चाँगुनारायण नगरपालिका – १७ झोखेलका प्रदीपराज पन्त र...बाँकी

निर्वाचन र संशोधन सँगसँगै लैजानुपर्नेमा जोड

नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचन र संविधान संशोधन प्रस्तावलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएका छन । काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको मङगलबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकले संविधान संशोधनमार्फत निर्वाचनमा सबैले सहभागी हुने...बाँकी

‘प्रविधिमा महिलाको समान पहुँच सुनिश्चित गर्न क्रियाशील छौं’

महिला, बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले सबै किसिमका प्रविधिमा महिलाको समान पहुँच सुनिश्चित गर्न नेपाल सरकारले आवश्यक उपाय अवलम्बन गरेको बताए । विश्वका महिलाको अवस्थासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोगको ६१ औँ बैठकको क्रममा मङगलबार न्युयोर्कमा आयोजित...बाँकी

पशुपक्षी मन्त्रालयमा जगेबु

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री रहनु भएका श्रीप्रसाद जगेबुलाई पशुपक्षी विकास मन्त्रालयको राज्यमन्त्रीको कार्यभार प्रदान गर्दै। प्रधानमन्त्रीले साेमबार राज्यमन्त्री जगेबुलाई सो मन्त्रालयको सम्पूर्ण कार्यभार सञ्चालन गर्ने गरी जिम्मा दिएका छन...बाँकी

हत्याको बिरोधमा होली पर्व बहिष्कार

प्रहरीको गोली लागी आफ्ना ५ कार्यकर्ताको हत्या भएको विरोधमा साेमबार सप्तरीमा मधेसी मोर्चाको कार्यकर्ताले हिन्दूको महान् पर्व होली पर्व बहिष्कार गरेका छन् । यहाँका जनताले होली बहिष्कारका गर्नुका साथै हत्याको शोकमा सामूहिक केश मुण्डनसमेत गरेका...बाँकी

बुद्ध जन्मस्थलबाट शान्ति र राष्ट्रिय एकताका पक्षमा सन्देश

 नेकपा(एमाले)ले सञ्चालन गरेको मेची महाकाली राष्ट्रिय अभियानअन्तर्गत फागुन २९ र ३० गते लुम्बिनी अञ्चलका तराईका तीन जिल्लामा सभा हुने भएको छ । आइतबार ५ नं प्रदेश अन्तर्गतको नवलपरासीको बर्दघाटबाट र्यालीसहित भुमही र रुपन्देहीको भैरहवा तथा...बाँकी