newskoseli.Com

विप्लव नेकपाभित्र एक्लिएका हुन् प्रकाण्ड ?

नेत्रविक्रम चन्द ‘विप्लव’ का ‘अति विश्वासपात्र’ मानिएका सो पार्टीका स्थायी समितिका सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पछिल्लो समय सोही पार्टीभित्र एक्लिएका छन् ।

केही महिना अघि सरकारद्वारा गिरफ्तार भएपछि आफ्नो रिहाइका लागि प्रकाण्डले गरेका गतिविधिप्रति आशंका गरिएपछि उनी पार्टीभित्र जिम्मेवारीविहीन बनाइएका छन् । विश्वकर्मालाई गिरफ्तार गरेको ४९ दिनपछि सरकारले असोजमा रिहा गरेको थियो । लगत्तै कपिलवस्तु आसपास बसेको स्थायी कमिटीको बैठकले माघ २८ मा राजधानीमा आमसभा गर्ने जिम्मेवारी उनैलाई सुम्पेको थियो ।

स्रोतका अनुसार दाङ वरपर बसेको अर्को बैठकमा भने प्रकाण्डले आफ्नो रिहाइका लागि गरेका सबै गतिविधिमाथि पार्टीले आशंका गर्‍यो । त्यसपछि उनका जिम्मेवारी खोसिएको र उनी पार्टीभित्रै एक्लिएको खबर दिपेन्द्र विष्टको बाइलाइनमा आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर