newskoseli.Com

‘उनीहरू बम पड्काउँदै आउने, हामीले ताली पड्काएर स्वागत गर्नुपर्ने ?’

‘हामीले विप्लवजीहरुलाई पहिले शान्तिपूर्ण तरिकाले आफ्ना गतिविधि गर्नोस् भनेका थियौं, उहाँहरु त बम पड्काउन थाल्नुभयो, स्थानीय जनप्रतिनिलाई ‘कर’ लगाउँदै हिँड्नुभयो, विकास निर्माणमा प्रतिशत लगाउन थाल्नुभयो ।’

‘हामीले यसो नगर्नोस् भनेर बारम्बार भन्यौं, उहाँहरुले आफ्नो व्यवहारमा सुधार नगरेपछि राज्यले आवश्यक कानुनी कारबाही गर्नुपर्ने हुन्छ,’ सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले शनिबार भने– ‘त्यसपछि पक्राउ पर्नु स्वाभाविकै हो, उहाँहरुलाई वार्ताका लागि बारम्बार अपिल गरेका थियौं, उहाँहरु उल्टै बम बोकेर पड्काउन थाल्नुभयो ।’ उनले प्रश्न गरे– ‘उनीहरु बम पड्काउँदै आउने, हामीले ताली बजाएर स्वागत गर्नुपर्ने ?’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीप्रति राज्यले अपनाएको व्यवहारबारे नेपाल सरकारका प्रवक्ताको भनाइसम्बन्धी यो खबर आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर