newskoseli.Com

नेपाली वैज्ञानिकहरू : जसलाई चीनले चिन्यो, नेपालले पत्याएन !

नेपालबाट विदेश गई उच्च शिक्षा प्राप्त गरेर विशेषज्ञ बनेका व्यक्तिहरु प्रायः त्यतै स्थापित हुने गर्छन् । पीएचडी सकेर वैज्ञानिक बनेका व्यक्तिहरुले विदेशमै काम गर्न थालेपछि उनीहारुको ज्ञानबाट नेपाल लाभान्वित बन्न सकेको छैन ।

अमेरिका अथवा युरोपबाट पीएचडी गरेर नेपाल फर्कनु भनेको ‘जग हँसाउनु हो’ भन्ने ठान्छन् नेपाली युवा । युरोप, अस्ट्रेलिया, अमेरिकाबाट पीएचडी गरेर नेपाल नफर्केजस्तै पछिल्लो समय चीनका राम्रा विश्वविद्यालयबाट पीएचडी गरेका थुप्रै नेपाली वैज्ञानिक चीनमै काम गर्न थालेका छन् । उनीहरु पीएचडीपछिको ‘पोस्टडक’ र ‘असिस्टेन्ट प्रोफेसर’ का रुपमा चीनका विभिन्न विश्वविद्यालयमा काम गर्छन् ।

चीनका विश्वविद्यालयले पत्याएका त्यस्ता कामयावी वैज्ञानिकलाई नेपालले भने चिन्ने जमर्को गरेको छैन । यतिबेला चीनमा झन्डै एक दर्जन नेपाली वैज्ञानिक कार्यरत छन् । चीनमा कार्यारत नेपाली वैज्ञानिक स्वदेशमै फर्केर सेवा गर्न चाहन्छन् । तर, सरकारले त्यो वातावरण नबनाइरहेको खबर चेतनाथ आचार्यको बाइलाइनमा आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर