सरकारी अनुदानमा सञ्चालित अधिकांश सुपथ मूल्यका सहकारी पसलले रासायनिक मल मात्रै बेच्ने गरेका छन् ।
सर्वसाधारणलाई सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सरकारले सुपथ मूल्यको सहकारी पसल सञ्चालन गर्न आठ वर्षअघि २२ वटा सहकारीलाई प्रति सहकारी १ लाखका दरले अनुदान उपलब्ध गराएको थियो । डिभिजन सहकारी कार्यालय महेन्द्रनगरका प्रमुख रामबहादुर खातीले अधिकांश सहकारी पसलको अवस्था सन्तोषजनक नरहेको बताएका छन् ।
अनुगमन गर्दा सुपथ मूल्यका पसलमा रासायनिक मल मात्र बेच्ने गरेकाे भेटिएकाे ,केही पसल निष्क्रिय अवस्थामा रहेकाे र सञ्चालनमा रहेका पसलहरूले वार्षिक ४० हजारदेखि रु ६० हजारसम्म आम्दानी गर्दै आएकाे जानकारी गराएका छन् ।
सहकारीमा आबद्ध सदस्यहरुलाई सुपथ मूल्यमा सामान उपलव्ध गराउन खोलिएका ती सहकारीले बेच्ने रासायनिक मल बजार मूल्यभन्दा महँगो पाइएको छ । सुपथ मूल्यका सहकारी पसल सञ्चालन गर्न आव २०६५÷६६ मा भीमदत्तनगरपालिका क्षेत्रमा ३ वटा, अन्य नगरपालिका र गाविसमा १९ वटालाई अनुदान उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।
त्यसतै देखतभूली गाविसमा गडबिजुलामा २ जना युवाले ताल भाडामा लिएर माछापालन व्यवसाय थालेका छन् ।
कृष्णपुर नगरपालिका– २ का सुरेन्द्रबहादुर बम र ध्रुव भट्टराईले संयुक्त रुपमा जिविसबाट ५ वर्षका लागि २७ लाख भाडा तिर्ने गरी ताल भाडामा लिई मछापालन व्यावसाय सुरू गरेका छन् ।
भारतको बङ्गालबाट २७ लाखमा विभिन्न प्रजातीका माछाका भुरा ल्याई तालमा राखेको त्यसबाट वार्षिक सात लाख देखि १० लाखसम्म आम्दानी लिन सकिने व्यवसायी बमले जानकारी गराएका छन् ।