भारत अधिनस्थ काश्मिरका सुरक्षा अधिकारीले प्रहार गरेको गोलीबाट मङ्गलबार थप चार सर्वसाधारणको मृत्यु भएको छ ।
केही दिनदेखि तनाव रहेको काश्मिरमा मङ्गलबार पुनः गोली चलेको हो । यसबाट अन्य १५ जना घाइते भएका एक वरिष्ठ प्रहरी अधिकारीले मङ्गलबार बिहान बताएका छन् ।
हिजबुल मुजाहिद्दिन समर्थित अर्को एक विद्रोही सङ्गठन समर्थक २२ वर्षीय भुहान वानी गत जुलाइमा प्रहरी कारबाहीमा मारिएयता भारत अधिनस्थ काश्मिरमा पछिल्लो पटक हिंसा सुरु भएको हो ।
सो हिंसाबाट हालसम्म ६४ व्यक्तिको मृत्यु भइसकेको छ । भारतको नियन्त्रण्मा रहेको बुदगाम जिल्लामा पछिल्ला केही दिनयता बारम्बार हिंसा भएको छ ।
मङ्गलबार पनि सोही जिल्लामा नै आक्रमणकारीहरुले प्रहरीमाथि हमला थालेका थिए । त्यसको जवाफी काराबाहीमा प्रहरीले गोली चलाएको बताइएको छ । रासस÷सिन्ह्वा