newskoseli.Com

घर्तीद्वारा स्वास्थ्य चौकीलाई जग्गादान

म्याग्दीको ओखरबोटमा रहेको स्वास्थ्य चौकीलाई स्थानीय बासिन्दाले करिब साढे छ लाख रुपैयाँ मूल्य बराबरको जग्गादान गरेका छन् ।

स्वास्थ्य चौकीको भवन निर्माणका लागि स्थानीय बासिन्दाले छ लाख ४५ हजार रुपैयाँ मूल्य बराबरको ४ रोपनी ३ पैसा ३ दाम क्षेत्रफल भएको जग्गादान गरेको ओखरबोट गाविसका सचिव रमाकान्त घिमिरेले जानकारी दिए ।

ओखरबोट–४ निवासी स्वास्थ्य चौकी व्यवस्थापन समितिका पूर्वअध्यक्ष स्वर्गीय पूर्णबहादुर घर्तिमगरको स्मृतिमा उनकी श्रीमती हस्ती घर्तीले ४ लाख ३५ हजार रुपैयाँ मूल्य पर्ने ३ रोपनी ५ आना ३ दाम जग्गादान गरेकि हुन् ।

यसैगरी, ओखरबोट–७ का गणेश घर्तिमगरले थप २ लाख १० हजार रुपैयाँ मूल्य बराबरको ११ आना जग्गा स्वास्थ्य चौकीलाई उपलब्ध गराएका छन् । स्वास्थ्य चौकीले हाल गाविस कार्यालय भवनबाट सेवा प्रवाह गर्दै आएको छ ।

जग्गा उपलब्ध भएपछि नयाँ भवन निर्माणका लागि रकम माग गरी प्रक्रिया अघि बढाइने गाविस सचिव घिमिरेले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर