सुल्तान राम्रो कि दंगल ? यही प्रश्न सबैले सोधिरहेका हुन्छन् । तर, अहिले यसको जवाफ सलमान खानले दिएका छन् । सलमान खानले ट्विटरमा लेखेका छन्- आज मेरो सम्पूर्ण परिवारले फिल्म दंगल हेरेर फिल्म सुल्तानभन्दा दंगल धेरै राम्रो रहेको प्रतिक्रिया दिए ।
यति मात्र नभएर सलमानले भनेका छन् कि आमिरलाई मेरो निजी जीवनमा धेरै नै मन पराउँछु तर कामको हिसाबले हेर्नुपर्दा म एकदमै घृणा गर्छुु । फिल्म दंगाललाई आमिर खानले २ वर्ष लगाएर रिलिज गरेका छन् भने यही क्रममा सलमान खानले बीचमा फिल्म सुल्तान लिएर आए जसले गर्दा उक्त दुई फिल्म को तुलना पनि गरियो । सुल्तान को यो वर्ष को हिट फिल्म रह्यो जसको कारणले पनि फिल्म दंगल हिट हुने दावी आमिरले गरेका छन् ।