newskoseli.Com

सिंहदरबारभित्रको हेल्थ डेस्कमै अत्यावश्यक औषधिको अभाव

सिंहदरबारभित्रैको हेल्थ डेस्कमा समेत अत्यावश्यक औषधि अभाव भएको छ । कम्तिमा ४० प्रकारका अत्यावश्यक औषधि हुनु पर्नेमा त्यहाँ पाँच प्रकारका औषधि मात्रै रहेको सिंहदरबार हेल्थ डेस्कका सिनियर अहेव दीपक मुडभरीले बताए ।

देशको प्रशासनिक केन्द्रको एउटा हेल्थ डेस्क सञ्चालन गर्न आवश्यक औषधि आपूर्तिका लागि राज्यका निकायबीच समन्वय नहुँदा सेवा नै अवरुद्ध हुने अवस्था देखिएको छ । सिंहदरबारभित्रका करिव सात हजार कर्मचारीको स्वास्थ्योपचारका लागि भनेर सरकारले १६ फागुन, ०७४ देखि पीएचसी सरहको स्वास्थ्य संस्था (हेल्थ डेस्क) सञ्चालन गरेको थियो ।

तर, महिनौंदेखि औषधिको अभाव हुँदा कर्मचारीले स्वास्थ्य सेवा नपाएको खबर अर्जुन अधिकारीको बाइलाइनमा सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर