newskoseli.Com

‘बिरामी जाँच्न अयोग्य’ १३ सय यी ‘डाक्टर’…

एमबीबीएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न अयोग्य भएको पाइएका छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स परीक्षामा फेल हुँदा उनीहरु अयोग्य ठहरिएका हुन् ।

लगातार ३६ पटकसम्म फेल भएका डाक्टर पनि छन् । विश्वविद्यालयबाट हुने परीक्षा उत्तीर्ण भए पनि बिरामी जाँच्ने वैधानिकता लिन काउन्सिलले लिने लाइसेन्स परीक्षा पास हुनैपर्छ । काउन्सिल स्रोतका अनुसार फेल हुने अधिकांश बंगलादेशमा अध्ययन गरेर आएकाहरु छन् ।

१० पटकसम्म निरन्तर फेल भएपछि लाइसेन्स परीक्षामा सामेल नै हुन नपाउने नियम बनाएर काउन्सिलले स्वास्थ्य मन्त्रालयमा पठाएको छ । तर, यो फाइल मन्त्रालयमा नै अड्किएको खबर शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर