newskoseli.Com

नर्सहरूको पनि यो हविगत : लाइसेन्स परीक्षामा ६५ प्रतिशत फेल !

नेपाल नर्सिङ काउन्सिलले लिएको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ६५ प्रतिशत नर्स फेल भएपछि नर्सिङ पढाइको गुणस्तरमाथि गम्भीर प्रश्न उठेको छ ।

यस वर्षको परीक्षामा १ हजार ५ सय १९ जना परीक्षार्थी सहभागी भएकामा ५ सय २६ जना मात्र उत्तीर्ण भएपछि सरोकारवालाले पढाइको गुणस्तरको प्रश्न उठाएका हुन् । ‘नर्सिङ जनशक्तिको गुणस्तर सुधार्न मापदण्ड नपुगेका कलेजलाई बिस्तारै बन्द गर्नुपर्छ,’ काउन्सिलकी अध्यक्ष प्रा.डा. गोमादेवी निरौलाले भनिन्– ‘कलेजले नर्सिङलाई कमाइ खाने भाँडो मात्र बनाएका छन्, यति धेरै कलेज चाहिँदैनन् ।’

नयाँ चिकित्सा शिक्षा ऐनअनुसार कलेजको आफ्नै अस्पताल हुनुपर्छ । सरकारी अस्पताल देखाएर नर्सिङ कलेज चलाउन नपाइने खबर अतुल मिश्रको बाइलाइनमा बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर