newskoseli.Com

डेंगु रोक्न सेना–प्रहरी परिचालन !

डेंगु नियन्त्रण नभएपछि सरकारले सेना, प्रहरीसहित सबै पक्षको सहयोग मागेको छ । यो रोग फैलाउने लामुखुट्टे नष्ट गर्न सञ्चालित अभियान प्रभावकारी नदेखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विकल्प खोजेको हो ।

चितवनमा नौ वर्षदेघि डेंगुले महामारीको रुप लिँदा सेना र प्रहरीलाई संयुक्त रुपमा परिचालन गरिएको थियो । २०७६ सालमा चितवनमा डेंगु नियन्त्रण गर्न पहिलो पटक सेना प्रहरीको सहयोग लिएको मन्त्रालयको स्वाथ्य समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले सुनाए ।

उनले भने– ‘१०० जना सेना र २० जना प्रहरीको सहयोग लिएको पहिलो अनुभव छ, भारतको दिल्ली र ब्राजिलमा फैलिएको डेंगु नियन्त्रण गर्न सेना परिचालन गरिएको उदाहरण छ ।’ हाम्रोमा पनि ठाउँ र परिस्थिति हेरी सेना र प्रहरी परिचालन गर्नुपर्ने धारणा उनले व्यक्त गरेको खबर दिनेश गौतमको बाइलाइनमा शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर