newskoseli.Com

मोटोपन कम गर्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

स्वास्थ्यसँग सम्बन्धित विभिन्न रोगहरु विनाउपचार निदान गर्न विभिन्न उपायहरु अपनाउन सकिन्छ । विभिन्न उपायहरुमध्ये योगा पनि एक हो ।

योगाले तपाईंको शरीरका कयौँ किसिमका समस्याहरुबाट छुट्कारा दिलाउँछ । यदि तपाईंमा मोटोपन अथावा पेटसम्बन्धी समस्या छन् भने योगमुद्रासन तपार्इंका लागि लाभकारी हुन सक्छ । योगा गर्नाले मोटोपन, एसिडिटी र पाचनक्रिया दुरुस्त भई टाउकोमा रक्तपूर्ति हुन्छ भने एकाग्रता हुन्छ ।

कसरी गर्ने योगा ?

सबैभन्दा पहिला बज्रासनमा बस्नुहोस, शरीरलाई सीधा र दुबै हातलाई जाँघमा राख्नुहोस । सास भर्दै दुबै हातलाई माथि उठाउँदै पीठ पछाडी लैजाने । र बायाँ पाखुरालाई दायाँ हातले समात्ने ।

सास छाड्दै शरीरलाई अगाडीतर्फ झुकाउने । शिरले जमिनलाई नछोएसम्म पीठलाई सिधा राख्नुहोस र क्षमता अनुसार रोकिराख्नुहोस । अब बिस्तार –बिस्तारै सास लिँदै माथि उठ्नुहोस । आतलाई टाउकोमाथि लैजानुहोस र फेरी सास छाड्दै फेरी जाँघमा हात राख्नुहोस । यसरी वज्रासन योगा गर्न सकिन्छ ।

सावधानी

यो आसन बिहान खाली पेटमा गर्नु फाईदाजनक हुन्छ । अन्य स्थितिमा खाना खाएको ३ घण्टापछि गर्न सकिन्छ । यो प्रक्रियालाई २–५ पटक गर्न सकिन्छ । ९ वर्ष भन्दा कम उमेरका बालबालिकाहरुले यो आसन गर्नुहुँदैन ।

त्यस्तै गर्भवती महिला, रिंगटा लाग्ने, उच्च रक्ताचाप र गानोको समस्या भएकाहरुले पनि यो आसन गर्नु हुँदैन । शरीरमा कयौँ किसिमका हानिकारक तत्व उत्पादन भईरहेको हन्छ ।

धेरे पानी पिउनाले पनि दुषित पदार्थ बाहिर निस्कन्छ । तर कुनै यस्तो खास पदार्थको नियमित सेवनले पनि शरीरमा भएका दुषित पदार्थहरु आफै बाहिर निस्कन्छ । र जसको सेवन शरीरको लागि लाभदायक हुन्छ । जुन यसप्रकार छ ।

नरिवल पानी : कम क्यालोरी र कम सोडियम भएको नरिवल पानीमा कोलेस्ट्रोल र चिल्लोपना कम हुन्छ । यो छालालाई भित्रबाट पोषण प्रदान गर्छ । र पाचन प्रक्रियालाई सक्रिय बनाउँछ ।

लसुन : अचार वा सब्जीमा लसुनको नियमित प्रयोग प्रायजसो फाईदाजनक हुन्छ । लसुन मात्र रोग प्रतिरोधक क्षमतालाई विकास गर्ने नभई शरीरबाट दुषित पदार्थलाई निकाल्न मद्धत पनि गर्छ ।

अदुवा : अदुवालाई सागसब्जीमा पनि प्रयोग गर्न सकिनुका साथै चिया र तातो पानीमा मिलाएर सेवन गर्न सकिन्छ । यसले पनि शरीरमा भएको फोहोर पदार्थ बाहिर निकाल्न मद्धत गर्छ ।

ग्रीन टी : यसमा एन्टिअक्सिडेन्ट पाईने हुनाले फ्री ¥याडिकल्सलाई कम गर्छ । ग्रीन टीले दीमागि कार्य क्षमतामा बृद्धि गर्दै स्मरण शक्ति तेज बनाउँछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर