२ जेष्ठ, २०७३ |
नयाँ दिल्ली, १ जेठ । भारतको पूर्वी क्षेत्रमा गएको २४ घन्टाभित्रै दुई जना पत्रकारको हत्या भएको छ । बिहार र झारखण्डमा बिहीबार राति र शुक्रबार राति गरी दुई जना पत्रकारको हत्या भएको छ । पत्रकारका लागि असुरक्षित मानिने एक एसियाली देश भारतमा हुने गरेका पत्रकार विरुद्धको हिंसाको यो पछिल्लो शृंखला भएको सञ्च...बाँकी
१ जेष्ठ, २०७३ |
सार्क जनसम्पर्क मञ्च बङ्गलादेशका अध्यक्ष मुस्ताफिजुर रहमान खानले सार्कका जनताबीच आत्मीय जनसम्पर्क विस्तारका लागि मञ्च स्थापना भएको बताएका छन् ।
यहाँ आज पत्रकारसँगको भेटघाटमा उहाँले बङ्गलादेश, नेपाल, भारत र भुटानमा मञ्च गठन भइसकेको र अन्य राष्ट्रमा पनि विस्तार भइरहेको जानकारी गराए ।
खानले जनसम्...बाँकी
२९ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
भारतमा एक महिला ७२ वर्षको उमेरमा आमा बनेकी छन् । पञ्जाव राज्यकी ७२ वर्षीया दलजिन्दर कौर गत महिना आमा बनेकी हुन् । उनले आइभिएफ पद्धतिबाट सन्तान जन्माएकी हुन् ।
मातृत्व सुख प्राप्तिसँगै आफ्नो जीवन साकार भएको उनले बताइन् ।
भारतीय संचारमाध्यमका अनुसार हरियाणाको एक क्लिनिकमा दुई वर्षसम्मको उपचारपछि...बाँकी
२९ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
भारतमा बलात्कार तथा यौन दुर्व्यवहारका घटना बढ्दै गएको परिस्थितिमा लुधियानाकी एक युवतीले भने साहसिक प्रतिकारमात्र गरिनन्, अन्य युवतीका लागि उदाहरणसमेत प्रस्तुत गरेकी छन् ।
आफूलाई जिस्क्याइरहेको एक युवकलाई उनले पहिला त आफ्नो चप्पलले पिटिन् । मानिसहरु भेला हुन थाले, भीडले पनि ती युवकलाई पिट्न थाल्यो...बाँकी
२१ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
बिहार,भारत। सरकारी कर्मचारी नीतीशकुमारले बिहारकै मुख्यमन्त्री नीतीशकुमारमाथि सोमबार जनता दरबारमा चप्पल प्रहार गरेका छन् । जनता दरबारमा सर्वसाधरणका कुरा सुन्न उपस्थित भएका मुख्यमन्त्री नीतीशमाथि ती युवकले हुलमुलको मौका पारी चप्पल प्रहार गरेका हुन् ।
युवकले हिर्काएको चप्पल मुख्यमन्त्री नीतीशलाई...बाँकी
१५ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
भारतको बिहार राज्यमा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म खाना नपकाउन राज्य सरकारले उर्दी जारी गरेको छ । राज्य सरकार अन्तर्गतको आपतकालिन प्रवन्ध विभागले सर्वसाधारणमा यस्तो उर्दी जारी गरेको हो ।
राज्यमा पछिल्ला दिन आगलागीका घटना बढेसँगै यस्तो उर्दी जारी गरिएको हो । उल्लेखित समयमा पुजा–हवन गर्न पनि रोक...बाँकी
१४ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
भारतको उडिसामा भएको आगलागीमा ९० घर जलेर नष्ट भएका छन् । उडिसाको ढेंकनाल जिल्लास्थित हरचुआन गाउँमा मात्रै ५० घर पुरै जलेर नष्ट भएका छन् ।
यसैगरी सुवर्णपुर जिल्लाको रंगारपुर गाउँका भएको आगलागीमा ४० घर जलेका छन् । वारुण यन्त्र, प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको अधिकारीहरुल...बाँकी
१४ बैशाख, २०७३ |
मध्य पाकिस्तानमा विषाक्त मिठाई खादा कम्तीमा २३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ घाइते भएका छन् ।
प्राप्त समाचारमा मिठाइकै कारण ती व्यक्तिको ज्यान गएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
प्रहरीका अनुसार यस मिठाइमा किटनासक औषधी परेको अनुमान गरिएको छ । पञ्जाव प्रान्तको कारोर लालइसान...बाँकी
८ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
भारतमा गर्मीका कारण जनजीवन प्रभावित भएको छ । भारतको उडिसामा अत्याधिक गर्मीका कारण ४५ जनाको मृत्यु भएको छ ।
गर्मीका कारण त्यहाँका शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरिएको छ । गर्मी बढेसँगै त्यहाँको तापक्रम ४० देखि ४६ डिग्रिसम्म पुगेको छ ।
गर्मीसँगै तातो हावा लु चलेका कारण जनजीवन अस्तब्यस्त...बाँकी
६ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
भारतको ओडिशामा बस पल्टिँदा २५ जनाको मृत्यु भएको छ । ११ जना गम्भीर घाइते भएका छन् ।
ओडिशाको बरगाढ रेमताबाट देवगढका लागि छुटेको बस तिलेबानी गेलोहाटमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
बस सडकबाट दुई सय ५० फिट तल खसेको हो । घना जंगलमा बस पल्टिएकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।
बस...बाँकी