१० आश्विन, २०७६ |
प्रश्नपत्रमा नै उत्तर भेटिएपछि गुल्मीमा एउटा परीक्षा ४० मिनेट स्थगन गरिएको छ । नेपाल सरकार, शिक्षक सेवा आयोगले लिने माध्यमिक तहको अध्यापन अनुमतिपत्रको प्रश्नपत्रमा उत्तर भेटिएपछि ४० मिनेट परीक्षा स्थगन गरिएको हो ।
रेसुङ्गा बहुमुखी क्याम्पसको केन्द्र ‘क’ मा अङ्ग्रेजी विषयको समूह ‘घ’ को वस्तुगत प्र...बाँकी
१० आश्विन, २०७६ |
युवती प्रयोग गरी विर्तामोडका एक व्यवसायीलाई ४० लाख रुपैयाँ मग्दै सो नदिए ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका चार व्यक्ति पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
विर्तामोड नगरपालिका– ४ मा मोटरसाइकलको रिकन्डिसन हाउस सञ्चालन गर्ने २९ वर्षीय मेराज खान, इलाम फाकफोकथुम– १ घर भई हाल विर्तामोड– ...बाँकी
९ आश्विन, २०७६ |
न्युजकोसेली संवाददाता
काभ्रेपलाञ्चोकको कोशिपारीस्थित फलाँटेमा बिहीबार यात्रुबस दुर्घटना भएको छ । पोखरीचौंरीतर्फबाट काठमाडौं आउँदै गरेको बा २ ख ६३८६ नम्बरको यात्रुबस दुर्घटनामा परेको हो ।
गुडिरहेकै बेला ब्रेक फेल भई बस सडकमै पल्टिँदा दस जनाभन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेमध्ये जगतबहादुर चौलागाईंको अवस्था गम्भीर ...बाँकी
९ आश्विन, २०७६ |
साविकअनुसारको मिति हेर्ने हो भने यस वर्षाको मनसुनको समयावधि सकिएको छ । दुई दिनअघि नै नेपालको मनसुनको समयावधि सकिएको हो । तथापि मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा अझै नेपाल आसपास नै रहेकाले मनसुन चक्रको अन्त्य भने नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘मनसुन अन्त्य हुन यसका विभिन्न ‘क्राइटे...बाँकी
९ आश्विन, २०७६ |
नेताहरुको गुटबन्दीले नेकपाको प्रदेश– २ मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । केन्द्रीय सचिवालयमा रहेका शीर्ष नेताहरुको आडमा प्रदेशको जिम्मेवारीमा रहेका नेताहरुको गुटबन्दी झांगिँदा प्रदेशका जिल्ला तहको सपथ रोकिएको छ ।
प्रदेश– २ मा पूर्वएमाले अन्तर्गत केपी शर्मा ओली र माधवकुमार नेपाल तथा पूर्वमाओवा...बाँकी
७ आश्विन, २०७६ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच पार्टीगत सहयोगको आपसी आदान–प्रदानसम्बन्धी समझदारी भएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र नेपाल भ्रमणमा रहेका...बाँकी
७ आश्विन, २०७६ |
न्युजकोसेली संवाददाता
मौसम पूर्वानुमान महाशाखाले मनसुनी न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
आगामी २४ घन्टामा देशका केही स्थानमा मेघगर्जन र चट्याङसहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना...बाँकी
६ आश्विन, २०७६ |
आइतबार इलाममा एक व्यक्तिले दाइलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । सन्दकपुर गाउँपालिका– १, झ्याउपोखरीका ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरेर आफूले आत्महत्या गरेका हुन् ।
घर नजिक रहेको आफ्नै बारीमा घाँस काटिराखेका दाजु विष्णुलाई भाइले आएर एक्कासि खु...बाँकी
५ आश्विन, २०७६ |
रासस
बत्तीमुनिको अँध्यारो भने झैं राजधानी काठमाडौंकै शंकरापुर नगरपालिकास्थित नाङ्लेभारे क्षेत्र विकासमा अझै पनि निकै पछि परेको छ ।
यस क्षेत्रका पटाप र छापभञ्ज्याङका वस्ती तामाङ जातिको बाहुल्यता रहेका गाउँ हुन् । आजसम्म पनि यहाँका वासिन्दाले सहज रुपमा यातायात सेवा पाउन सकेका छैनन् । साँखु, जरसिंह पौवा ...बाँकी
४ आश्विन, २०७६ |
न्युजकोसेली संवाददाता
सिरानचोक गाउँपालिका– १, केराबारी, गोरखा केन्द्रविन्दु भएर शनिबार फेरि भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ रेक्टर स्केलको भूकम्प गएको हो । यो भूकम्प पनि २०७२ वैशाख १२ कै भूकम्पको परकम्प भएको केन्द्रको भनाइ छ ।
भूकम्पको धक्का धादिङ, तनहुँ र जमजुङ जिल्लामा समेत महशुस भएको छ ।...बाँकी