१३ बैशाख, २०७६ |
काठमाडौं, १३ वैशाख ।
राजधानीको मुटुमा अवस्थित सार्वजनिक खुला स्थान टुँडिखेल अर्थात् खुलामञ्च अतिक्रमण गरेर धमाधम व्यावसायिक प्रयोजनका सटर निर्माण भइरहे पनि त्यसलाई रोक्न सम्बन्धित निकायले चासो दिएको छैन ।
सम्बन्धित वडा कार्यालयले यसबारे थाहै नभएको जवाफ दिने गरेको छ । अनुमति नै नदिइएको बताउने महानगरपालिकाले पनि खुल...बाँकी
१३ बैशाख, २०७६ |
काठमाडौं, १३ वैशाख ।
इरानबाट कच्चा तेल आयात गर्ने विषयमा कुनै पनि मुलुकलाई छुट नदिइने ‘फैसला’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरिसकेका छन् ।
अमेरिकाको यो ‘फैसला’ ले भारत र चीनलाई सर्वाधिक असर पर्ने देखिएको छ । यसबाट भारतमा कच्चा तेलको लागत ३ देखि ५ प्रतिशतसम्म बढ्ने आँकलन गरिएको छ । यसले महँगी बढ्ने र भारतीय र...बाँकी
१२ बैशाख, २०७६ |
काठमाडौं, १२ वैशाख ।
पछिल्लो चार महिनाको बीचमा दैनिक उपभोग्य तरकारीको भाऊ २१७ प्रतिशतसम्म महँगो भएको छ । देशकै ठूलो तरकारी बजार कालीमाटीमा माघको दोस्रो साता र वैशाख दोस्रो साताको तुलनात्मक मूल्य हेर्दा यस्तो पाइएको हो ।
उपत्यकावासीको माग अनुसार तरकारी आपूर्ति हुन नसक्नु र आएको पनि छिट्टै कुहिने र बिग्रने गरेकोले भ...बाँकी
१२ बैशाख, २०७६ |
काठमाडौं, १२ वैशाख ।
आन्तरिक उडानमा प्रयोग गर्न ५ वर्षअघि चीनबाट ल्याइएका ६ वटा जहाजले नेपाल वायुसेवा निगमलाई एक वर्षमा ६० करोड ६१ लाख रुपैयाँ नोक्सान गराएका छन् ।
महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार आ.व. २०७४–०७५ मा चिनियाँ जहाजले निगमलाई यो रकम बराबर नोक्सान गराएका हुन् । निगमलाई दुई वटा एमए सिक्स्टी ज...बाँकी
११ बैशाख, २०७६ |
काठमाडौं, ११ वैशाख ।
नेपाल आयल निगमले ग्यास उद्योगीलाई वार्षिक करिव ९६ करोड रुपैयाँ थप कमिसन दिने निर्यण गरेको छ ।
कमिसन वृद्धिको माग गर्दै ग्यास उद्योगीहरु विरोधमा उत्रिएपछि प्रतिसिलिन्डर करिव २८ रुपैयाँ थप गरिएको हो । वृद्धि गरिएको कमिसन बिहीबारदेखि लागू हुँदै छ ।
‘व्यवसायीहरुले आन्दोलन गरेपछि उद्योग सञ्चालन, ढ...बाँकी
१० बैशाख, २०७६ |
काठमाडौं, १० वैशाख ।
पाँच वर्ष विदेश बसेर फर्किएका दुधौली– ५, सिन्धुलीका पुष्कर खड्का अब चप्पल कारखाना खोल्न चाहन्छन् । यसका लागि उनलाई ऋण चाहिएको छ ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सहुलियत कर्जाका लागि गत पुसमा आवेदन खुला गरेपछि दिनभरि लाइन बसेर उनले आवेदन बुझाए । त्यसयता उनी बोर्ड सचिवालयमा फोन गर्दै कहिले ऋण...बाँकी
१० बैशाख, २०७६ |
काठमाडौं, १० वैशाख ।
वैदेशिक व्यापारमा नेपालको सस्कँदो अवस्थाले एकपछि अर्को ‘रेकर्ड’ राखिरहेको छ । चालु आर्थिक वर्षको ८ महिनामा मुलुकमा ९ खर्ब ४९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात हुँदा निर्यात भने ६१ अर्ब २२ करोड रुपैयाँमा सीमित छ ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार ८ महिनामा आयात २२.९ प्रतिशत बढेको छ ...बाँकी
८ बैशाख, २०७६ |
काठमाडौं, ८ वैशाख ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा या बढ्दा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने नीति आयल निगमको थियो । तर, दुई महिनायता निगम पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न इच्छुक देखिएको छैन ।
उपभोक्ताको हितमा भन्दा नाफाका निम्ति आफ्नै नीतिविरुद्ध आयल निगम उभिएको छ । इन्धनको मूल्य समायोजन नगर्दा न...बाँकी
४ बैशाख, २०७६ |
जनकपुर, ४ वैशाख ।
शिक्षा र स्वास्थ्यको बजेटलाई रकमान्तर गरेर प्रदेश– २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छोरा मेयर रहेको नगरपालिकालाई २४ करोड रुपैयाँ फुटकर योजनामा बिनियोजन गरेका छन् ।
आर्थिक वर्षको अन्त्यतिर कर्मचारी र व्यवस्थापनको समस्या देखाउँदै मन्त्रालयले शिक्षा र स्वास्थ्यमा खर्च गर्न विनियोजन गरिएको...बाँकी
२ बैशाख, २०७६ |
काठमाडौं, २ वैशाख ।
चालू आर्थिक वर्षको सुरुका ८ महिनामा मात्रै वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका कामदारकोे शव ढुवानी गर्न सरकारले करिव १ करोड २१ लाख रुपियाँ खर्चेको छ ।
वैदेशिक रोजगार प्रर्द्धन बोर्डका अनुसार ५ सय १९ मृतक कामदारको शव ढुवानी गर्न उक्त रकम खर्च भएको हो । साउनदेखि फागुनको दोस्रो सातासम्मको अवध...बाँकी