newskoseli.Com

‘मेरी प्रेमिका’ भन्दै मण्डपमै ‘अढाई महिनाकी गर्भवती बेहुली’ माथि चिर्पट प्रहार

विवाह मण्डपमै कुटपिट हुँदा अचेत भएकी तेह्रथुम फेदाप गाँउपालिका– ३, जलजलेकी बेहुली २३ वर्षीया प्रतीक्षा सम्बाहाम्फे र उनको पेटमा रहेको अढाई महिनाको शिशुको स्वस्थ्य अवस्था सुरक्षित र सामान्य रहेको अस्पतालले जनाएको छ । आक्रमणबारे सोधपुछ गर्दा पक्राउ परेकामध्ये एकले ‘बेहुली मेरी प्रेमिका हुन्’ भने पन...बाँकी

नेकपाको स्थायी समिति बैठक : मन ‘माझियो’ कि झन् ‘भाँचियो’ ?

एकताको आठ महिनापछि बसेको स्थायी कमिटीको औपचारिक हिसाबले तेस्रो र विषयगत छलफलका हिसाबले पहिलो बैठकमा नेकपा नेताहरूले मन फुकाएर धारणा राखेका छन् । बैठकमा बोल्ने धेरैले नेतृत्वको कार्यशैलीमा प्रश्न उठाए भने केहीले बचाउ गरे । पार्टी एकताको आठ महिनापछि पहिलो पटक सत्तारूढ नेकपामा गरमागरम राजनीतिक र सां...बाँकी

पूर्वराजासँग नारायणकाजीको ‘जम्काभेट’ : के–के भयो कुराकानी ?

पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपाका प्रभावशाली नेता एवं प्रवक्ता नारायणकाजी श्रेष्ठबीच मंगलबार पोखरा विमानस्थलमा ‘जम्काभेट’ भएको छ । साहित्य सम्मेलनमा सहभागी भएर काठमाडौं फर्कंदै गरेका श्रेष्ठ र बुहारी हिमानी शाह तथा नातिनीहरूलाई लिन पोखरा विमानस्थल पुगेका पूर्वराजा शाहबीच भेट भएको हो । बुहारी र ...बाँकी

ओली–प्रचण्डविरुद्ध उभिने नेकपाका यी चार नेता !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको चालु बैठकमा चार जना शीर्ष नेता दुई अध्यक्षका विरुद्ध उभिएका छन् । पार्टी र सरकार सञ्चालनमा अध्यक्षद्वयको भूमिका चित्तबुझ्दो नभएको आरोप लगाउँदै चार शीर्ष नेता एक ठाउँमा उभिएका हुन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्...बाँकी

थोत्रा गाडीको ‘डम्पिङ साइट’ हो सिंहदरबार ?

प्रधानमन्त्री कार्यालय अगाडि ‘फुच्चे धरहरा’ राखिएको छ । गाडीहरू पछाडि पार्किङ गरिएका छन् । अन्य मन्त्रालयभन्दा त्यहाँ परिसर खालि देखिन्छ । तर, प्रायः सम्पूर्ण मन्त्रालयको वरपर प्राडो–पजेरोको भीड देखिन्छ । गाडीहरू जथाभावी पार्किङ गरिएका छन् । सिंहदरबारभित्र प्रत्येक मन्त्रालय वरिपरी थोत्रा गाडी...बाँकी

देउवाको चियापान, पौडेलले दिए रात्रिभोज…

जिल्ला सभापति र महासमितिका सदस्यहरुलाई नेपाली कांग्रेसका शीर्ष नेताहरुले विदाइ भोज दिएका छन् । सभापति देउवाले सोमबार बिहान बूढानीलकण्ठस्थित निवासमा चियापानको आयोजना गरे । सो अवसरमा देउवाले केन्द्रीय नेताहरुलाई पनि तलबाटै निर्वाचित भएर आउने गरी वातावरण बनाउन वचन दिएका छन् । यस्तै, नेता पौडेलले ...बाँकी

मेलम्चीको ठेकेदार फर्किने भयो काममा !

एक साताअघि एकतर्फी रुपमा ठेक्का तोडेर बाहिरिन खोजेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने ठेकेदार कम्पनी सीएमसीले सरकारलाई पत्र लेखेर आफू फेरि काममा फर्किने प्रतिबद्धता जनाएको छ । सीएमसीले गत शुक्रबार मेलम्ची खानेपानी बोर्डलाई पत्र लेख्दै यसअघि बुझाएको ‘लेटर अफ टर्मिनेसन’ (ठेक्का तोडिएको पत्र) फ...बाँकी

प्रधानमन्त्री कार्यालयभित्रै लुँडोखेलमा मस्त यी कर्मचारी !

आइतबार दिउँसो २ः३० बजे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी एक महिला कर्मचारी मोबाइलमा लुँडो खेलिरहेकी थिइन् । खेलअनुसार उनको अनुहारको हाउभाउ बदलिन्थ्यो । कहिले खुसी हुन्थिन्, कहिले दुःखी । उनको कम्प्युटर ‘अन’ थियो । तर, उनी कम्प्युटरमा काम गरिरहेकी थिइनन् । कुर्सीमा उपरखुट्टी लगाएर बसिरह...बाँकी

अर्थतन्त्र पूरै अर्थमन्त्रीकै मुठीभित्र !

गत वर्ष नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक १८८१ विन्दुमा पुग्यो । अहिले ११०० को आसपास मात्र छ । यसबाट बजार पुँजीकरण ८ खर्बभन्दा बढीले घटेको छ । यो अवस्था नेपाली अर्थतन्त्रको ऐना हो । यो वर्ष पनि बैंक तथा वित्तीय संस्थाहरूको कर्जाको ब्याजदर उच्च छ । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले न...बाँकी

प्रदेश मन्त्रीहरूको दोहोरो असुली ! मुख्यमन्त्री कार्यालयबाट नगद पनि कुपनबाट तेल पनि…

सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरूले इन्धनमा दोहोरो सुविधा लिइरहेका छन् । मुख्यमन्त्री कार्यालयबाट इन्धन बापतको रकम बुझ्ने मन्त्रीहरूले नै गाडीमा भने मन्त्रालयको कुपनबाट तेल हाल्ने गरेका छन् । मन्त्रीहरूको पारिश्रमिक र सेवा–सुविधासम्बन्धी ऐनअनुसार सरकारले मन्त्रीहरूलाई मासिक २ सय ५० लिटर र ...बाँकी