२७ असार, २०७३ |
अतिरिक्त समयमा एइडरले गोल गरेपछि आयोजक फ्रान्सलाई हराउँदै पोर्चुगलले पहिलो पटक युरोकप फुटबलको उपाधि जित्न सफल भएकाे हाे ।
सोमबार बिहानकाे राति भएको फाइनलमा पोर्चुगलले आफ्ना स्टार कप्तान क्रिष्टियानो रोनाल्डोलाई २५ औं मिनेटमा चाेट लागेकाले खेल मैदानबाट बाहिरिनु परेकाे थिए ।
तर, एइडरको गोलको मद्...बाँकी
२६ असार, २०७३ |
बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपालले आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ । नयाँ शक्तिका संयोजक डा। भट्टराईलगायतका नेता आयोगको कार्यालय पुगेर दल दर्ताको निवेदन दिएको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए ।
पार्टी दर्तापछि संयोजक भट्टराईले सञ्चारकर्मीलाई नयाँ शक्तिले मुल...बाँकी
२६ असार, २०७३ |
सरकारले सङ्घीय प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको पारिश्रमिक एवम् सुविधा निर्धारणका लागि गृहकार्य सुरु गरेको छ । मन्त्रिपरिषद्को अाइतबारको बैठकले प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको पारिश्रमिक तथा अन्य सुविधासम्बन्धी विधेयक तर्जुमा गर्नका निम्ति सैद्धान्तिक स्वीकृति दिएको सरकारका प्रवक्...बाँकी
२६ असार, २०७३ |
देशका विभिन्न ठाउँ गरी अाइतबार बिहान अाधा दर्जनभन्दा बढी दुर्घटनाका समाचार अाएका छन् । कतै नदी थुनिएकाे, कतै मर्निङवाक हिँडेका दम्पतीलार्इ बसले ठक्कर दिर्इ मारेकाे, कतै माेटरसाइकल सवारलार्इ गाडीले ठक्कर दिर्इ मारेकाे, कतै करेन्ट लागेर मरेकाे तथा विभिन्न घटनामा परी दर्जनाैं घाइते भएका समाचार छन् ।
द...बाँकी
२६ असार, २०७३ |
ताप्लेजुङको सावादिन गाविस– १ मा पर्ने मित्लुङ भन्ने भीरबाट पहिरो खसेर तमोर नदी थुनिएपछि तल्लो तटीय क्षेत्रका ३ वटा बजार जोखिममा परेका छन् ।
अाइतबार बिहान करिब २ बजेतिर माथिबाट पहिरो खसेर नदी थुनिएपछि नजिकैको मित्लुङ बजार, दोभान बजार, हान्द्रुङलगायतका तल्लो तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन्...बाँकी
२५ असार, २०७३ |
न्युजकोसेली संवाददाता
सिन्धुपाल्चोकका सबै सांसदहरुले भोटेकोशीमा गएको भीषण बाढीपहिरोले पुर्याएको क्षति, राहत र पुनर्स्थापनाका निम्ति पक्ष–प्रतिपक्षमा नलागी एकढिक्का भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सिन्धुपाल्चोक क्षेत्र नं ३ का सांसद शेरबहादुर तामाङले जनतालाई दिइने राहत एकमुष्ठ रुपमा दिनुपर्ने बताएका छन् । संव...बाँकी
२५ असार, २०७३ |
न्युजकोसेली संवाददाता
नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य तिलक परियारले वर्तमान संविधानले दलितका अधिकार खोसेको आरोप लगाएका छन् । ‘प्रायोजित संविधानले बनाएको अहिलेको संविधानमा त्यसअघि व्यवस्था गरिएका दलित अधिकार समेत कटौती गरिएको’ परियारले जिकिर गरे ।
दलित अध्ययन केन्द्रले शनिबार राजधानीस्थित संवाद डबलीमा ...बाँकी
२५ असार, २०७३ |
प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता, २०७३ को मस्यौदा छलफलमा ल्याएको छ । परिवर्तित सन्दर्भमा ‘पत्रकार आचारसंहिता–२०६० (संशोधित तथा परिमार्जित– २०६४) ले सबै सञ्चारमाध्यमलाई समेट्न नसकेकाले सो आचारसंहिता सुझावका लागि छलफलमा ल्याइएको काउन्सिलले जनाएको छ ।
पहिलेको आचारसंहितामा पत्रकार तथा सञ्चार...बाँकी
२४ असार, २०७३ |
नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले मुलुकमा देखिएका असन्तुष्टिलाई सम्बोधन गरेर मात्र स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग बिहीबार कुराकानी गर्दै संयोजक डा. भट्टराईले मधेसी र थारुले उठाएका सीमाङ्कनको मागलाई समाधान गरेर मुलुकमा राजनीतिक स्थिर...बाँकी
२३ असार, २०७३ |
न्युजकोसेली संवाददाता
नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले सर्लाहीको ढुंग्रे– ८, धरहरास्थित सागरनाथ विकास परियोजनास्थलमा रहेको सुकुम्बासी वस्तीमाथि असार २१ गते ‘सत्ताको सुरक्षाफौजले गरेको भीषण दमन’ प्रति भर्त्सना गरेका छन् ।
महासचिव चन्दले बिहीबार न्युजकोसेलीलाई प्रेषित गरेको विज्ञप्तिमा भनिएको छ– ‘सर्लाहीको ढुङ...बाँकी