newskoseli.Com

नेपालकाे नयाँ नक्सा प्रतिनिधिसभाबाट सर्वसम्मत पारित

संघीयि प्रतिनिधिसभाको बैठकबाट शनिबार नेपालको अद्यावधिक नक्सालाई समेटेर राष्ट्रको निशान छाप परिवर्तन गर्नेगरी ‘नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक, २०७७’ एकमतले पारित भएको छ । नेपाल सरकारले जेठ ७ मा नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो । लिम्पियाधुरा, लिपुलेक, कालापानीलगा...बाँकी

५३३५ पुगे संक्रमित : शनिबार थपिए २७३, कूल डिस्चार्ज ९१३, कूल मृतक १८ (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका कूल संक्रमितको संख्या ५३३५ पुगेको छ । त्यस्तै डिस्चार्ज हुनेकाे कूल संख्या ९१३ र काेराेनाबाट ज्यान गुमाउनेकाे कूल संख्या १८ पुगेकाे छ । पछिल्लाे २४ घन्टामा थप २७३ जनामा संक्रमण, ३६ जना डिस्चार्ज र २ जनाकाे मृत्यु पुष्टि भएसँगै यो संख्या पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्...बाँकी

‘लकडाउन’ अझै कायम रहने सेवा र क्षेत्र यी हुन् (सूचीसहित)

बुधबार राति सम्पन्न मन्त्रिपरिषदको बैठकले लकडाउन ‘खुकुलो’ पारिएको भन्दै अन्ततः लकडाउन ‘हटाएको’ छ । वास्तवमा बिहीबारदेखि नेपाली समाज र जनजीवन लकडाउन शब्दको अर्थ र मर्मअनुरुप हुने छैनन् । तोकिएका सेवा, क्षेत्र र विषयमा बन्देज कायम रही तुलनात्मक रुपले कोरोनाभाइरसको महामारीबाट कम प्रभावित क्षेत्रहरुमा ल...बाँकी

सर्वोच्चले खारेज गरिदियाे अर्थमन्त्रीको बहुलट्ठीपूर्ण फर्मान : हट्यो असार ७ भित्र कर तिर्नैपर्ने बाध्यता

विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोनाभाइरसको सन्त्रास र तीन महिनादेखि जारी लकडाउनका बीच असार ७ गतेभित्र कर तिर्नैपर्ने अन्यथा ब्याज र जरिवाना लाग्ने भन्दै अर्थमन्त्री युवराज खतिवडाले फर्मान गरेको बहुलट्ठीपूर्ण सूचनालाई खारेज गर्न सरकारलाई सर्वोच्च अदालतले आदेश दिएको छ । उक्त सूचना खारेज ग...बाँकी

४३६४ पुगे संक्रमित : बुधबार थपिए २७९, डिस्चार्ज भए ६७४ (भिडियोसहित)

नेपालमा कोरोनाभाइरस (कोभिड– १९) का संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । पछिल्लो २४ घन्टामा २७९ संक्रमित थपिएसँगै यो संख्या पुगेको हो । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये हालसम्म ६७४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमध्ये ५९५ पुरुष र ७९ महिला रहेको स्वास्थ्य तथा जनसंख्या म...बाँकी

संविधान संशाेधन विधेयकमाथि सैद्धान्तिक छलफल : कांग्रेस, जसपासहित संसदका सबै दलको समर्थन

नेपालको नयाँ राजनीतिक एवं प्रशासनिक नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएअनुरूप संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तनसम्बन्धी संविधान संशोधन विधेयकमाथि संघीय प्रतिनिधिसभामा मंगलबार भएको सैद्धान्तिक छलफलमा भाग लिने नेपाली कांग्रेस, जसपालगायत संसदमा प्रतिनिधित्व गर्ने सबै दलका सांसदले...बाँकी

लकडाउनबीच अर्को ठूलो काण्ड : तिलोत्तमामा ५ जनाको सामूहिक हत्या

तिलोत्तमा नगरपालिका– १०, मैनहवा गाउँ, रूपन्देहीमा सोमबार राति ५ जनाको सामूहिक हत्या भएको छ । हत्याको आशंकामा एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खड्कबहादुर खत्रीले जानकारी दिएका छन् । गंगादेवी पशु फार्ममा काम गर्ने मजदुरहरू ४० वर्षीय माधव मुसहर, ३७ वर्षीया जानकी मुसहर, १८...बाँकी

ओली कुशासनको भद्दा प्रमाण : जागिर खोसिएपछि युवकले गरे आत्मदाह

कम्युनिस्ट नाम र शब्दको दुरुपयोग गर्दै खड्ग ओलीले चलाइरहेको निरंकुशतापूर्ण संसदीय फासीवादको पराकाष्ठा नाघेको छ । देशमा बेथिति, अन्याय, अत्याचार, भ्रष्टाचार र सरकारी गैरजिम्मेवारी अर्थात् समग्रतामा कुशासन यो हदसम्म बढिसकेको छ, जहाँ २७ वर्षीय युवक आफ्नै जिउमा आगो लगाई डढेर मर्न विवश भएका छन् । कथित...बाँकी

एमसीसीबारे झलनाथ खनाल कार्यदलका के–के छन् सुझाव ? (भिडियो र पूर्णपाठसहित)

अमेरिकी सैन्य रणनीति ‘इन्डो–प्यासिफिक मिलिटरी स्ट्राटेजी (आईपीएस)’ को अभिन्न अंगका रूपमा नेपालसहितका तेस्रो विश्वका मुलुकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का नाममा लादिएको हस्तक्षेपकारी, अपमानजनक र राष्ट्रिय स्वाधीनताविरोधी परियोजनालाई नेपालको संसदबाट अनुमोदन गरी लागू गर्न यतिबेला सरकार मरिमे...बाँकी

३७६२ पुगे संक्रमित : सोमबार थपिए ३१४, डिस्चार्ज भए ४८८, कूल मृतक १४ (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका कूल संक्रमितको संख्या ३७६२ पुगेको छ । पछिल्लो २४ घन्टामा ३१४ जना नयाँ संक्रमित थपिएसँगै यो संख्या पुगेको हो । पछिल्ला संक्रमितमध्ये २९४ पुरुष र २० महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट सोमबारको नियमित मेडिया ब्रिफिङका क्रममा डा. जागेश्वर गौतमले दिएकाे ...बाँकी