३० फाल्गुन, २०७५ |
हेटौंडा, ३० फागुन ।
दुई साताअघि हेटौंडामा हजारौं कुखुरा मर्नुको कारण बर्डफ्लु नै भएको पुष्टि भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार परीक्षणबाट बर्डफ्लु प्रमाणित भएकाले चार किल्ला तोकी नियन्त्रणका लागि टोली परिचालन गरिसकिएको छ ।
हेटौंडाका किसान कुलप्रसाद चौलागाईंले पालेका कुखुराको नमूना परीक्ष...बाँकी
३० फाल्गुन, २०७५ |
काठमाडौं, ३० फागुन ।
कसैले अवैध हातहतियार तथा खरखजाना राखेको भए ३५ दिनभित्र नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको ब्यारेकमा अनिवार्य रुपमा बुझाउन गृह मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रिपरिषदको २०७५ फागुन २८ को निर्णयअनुसार गृहले बिहीबार सार्वजनिक सूचना प्रकाशित गरी कानुनबमोजिम लिनुपर्ने इजाजत ...बाँकी
२८ फाल्गुन, २०७५ |
काठमाडौं, २८ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हिंसाबाट आतङ्क मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने’ बताएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको टोलीसँग मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा ‘बम पड्काउने र पैसा असुल्नेसँग वार्ता गर्नुको औचित्य नभएको’ दावी उनले गरेका हुन् ।
...बाँकी
२८ फाल्गुन, २०७५ |
काठमाडौं, २८ फागुन ।
सात महिनादेखि यताका मात्रै ‘स्मार्ट लाइसेन्स’ (चालक अनुमतिपत्र) वितरण गर्न बाँकी रहेको यातायात व्यवस्था विभागले बताएको छ ।
झन्डै ४ लाख सेवाग्राहीको अनुमतिपत्र छपाइका क्रममा रहेको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताएका छन् । उनका अनुसार यसअघि सेवाग्राहीले आवेदन दिएको एक व...बाँकी
२८ फाल्गुन, २०७५ |
दैलेख, २८ फागुन ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडाध्यक्षसम्मलाई पदबाट राजीनामा दिन पत्राचार गर्नुका साथै चन्दा मागेर धम्की दिएको दावी गरेका छन् ।
उनीहरुले पत्र मात्र नभई फोनबाट समेत चन्दाको बारेमा कुराकानी गर्ने गरेपछि ‘सुरक्षा चुनौती बढ्न सक्ने...बाँकी
२७ फाल्गुन, २०७५ |
काठमाडौं, २७ फागुन ।
निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको छ ।
सामाजिक उत्तरदायित्व अनुसार कम्पनीको आगामी एक वर्षभित्र देशभरिका १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने जानकारी वर्ल्डलिंकले प्रमुख कार्यकारी निर्...बाँकी
२७ फाल्गुन, २०७५ |
कञ्चनपुर, २७ फागुन ।
कृष्णपुर नगरपालिका– ५, गुलरीस्थित ‘महाकाली गौरव विल्डर्स’ को क्रसर उद्योगको जेसीभीमा सोमबार बिहान अज्ञात समूहले आगो लगाइदिएको छ ।
क्रसर उद्योगमा राखिएको ४५ लाख रुपैयाँ मूल्य पर्ने से १ क २५८ नम्बरको जेसीभीमा आगजनी गरिएको हो । इलाका प्रहरी कार्यालय गुलरीका अनुसार जेसीभीमा पेट्रोल छर्केर आगजनी गरिए...बाँकी
२६ फाल्गुन, २०७५ |
पर्वत, २६ माघ ।
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल हेलिकप्टर चढेर किरियापुत्री भेट्न पुगेका छन् ।
नेता पौडेलले आइतबार कुश्मा नगरपालिका– ३, दुर्लुङका दिवंगत थमनसिंह गुरुङको परिवारलाई भेट गरेका हुन् । साविकको धौलागिरिका म्याग्दी, बागलुङ र पर्वतका विभिन्न कार्यक्रममा सहभागी हुन सभापति शेरबहादुर देउवासँग...बाँकी
२६ फाल्गुन, २०७५ |
डोटी, २६ फागुन ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिपायलमा जडान गरिएका सौर्यबत्ती ठेकेदारले धमाधम उखेल्न थालेका छन् ।
आफूहरुसँग गरिएको सम्झौता अनुसार रकम नदिएको भन्दै सरकारी अनुदानमा दिपायलको पिपल्ला बजारमा जडान गरिएका सौर्यबत्ती ठेकेदारले उखेल्न सुरु गरेका हुन् ।
पिपल्ला बजारमा जडान भएका ३० सौर्यबत्तीमध्ये ७...बाँकी
२६ फाल्गुन, २०७५ |
काठमाडौं, २६ फागुन ।
नेपाली काङ्ग्रेसका युवानेता तथा सांसद गगनकुमार थापाले सभापतिले गुट बनाउन नमिल्ने तर अरुले बनाउन मिल्ने अभिव्यक्ति दिएका छन् ।
पार्टीभित्र देखिएका गुट–उपगुट अन्त्य गर्नुपर्ने बताउँदै सांसद थापाले भने– ‘पार्टीको सभापति सबैको सभापति हो, उहाँ सभापति नहुँदा गुट–उपगुट बनाउन मिल्छ तर सभापति हुँदा पनि गु...बाँकी