१५ बैशाख, २०७३ |
जुक्ति लाखौँ लगाई हमला गर्दैछ ।
त्यो नजरले मलाई हमला गर्दैछ ।
राज जम्मै खुलायो भँवराले आज ।
फूलले मुस्कुराई हमला गर्दैछ ।
दुस्मनी भो यसोरी किन बत्ती सङ्ग ?
पुतली तन् डढाई हमला गर्दैछ ।
सामना के गरी खै हतियारले गर्ला ?
ऊ बिचार सब् उठाई हमला गर्दैछ ।
...बाँकी
१३ बैशाख, २०७३ |
१
तिम्रो अनुपस्थितीमा जीउन थालेको छु
नचाहँदा नचाहँदै सराव पिउन थालेको छु
विगतका घटनाहरू सब छाडेर प्रिय अब
फाटेको मन आफैँले सिउन थालेको छु ।।
२
जीवन त जीउनको लागि हो
सराव नी पीउनको लागि हो
मुटु छिया छिया...बाँकी
१२ बैशाख, २०७३ |
अझैसम्म पनि यो दिलको घाऊ.... उस्तै छ ॥
महोदय, भन्नुस् के-के सुनाऊँ.... उस्तै छ ॥
हजुर त घाऊ कोट्याएर हिडिहाल्नु होला तर...
यो मनलाई म कसरी सम्झाऊँ.... उस्तै छ ॥
भुकम्पले घर लड्यो,घरसँगै जीबन लड्यो
यी आँखामा आँसुको तलाऊ.... उस्तै छ ॥
बार बद्लीयो, महिना बद्लीयो, बर्ष पनि बद्लीयो
तर....बाँकी
११ बैशाख, २०७३ |
रदीपकुमार मैनालीद्वारा लिखित गजल सङ्ग्रह ‘तुलसीको पात’ आज सार्वजनिक भएको छ । स्थायी घर दोलखा सुन्द्रावती भई हाल भक्तपुर निवासी मैनालीको सो सङ्ग्रहमा ८४ गजल सङ्गृहीत छन् ।
अनाममण्डलीले आज यहाँ आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री आनन्दप्रसाद पोखरेलले कृति विमोचन गर्दै ने...बाँकी
११ बैशाख, २०७३ |
म सहर
निदाइरहेको बालक छोरोलाई
रत्नपार्कको पुलमा
एका बिहानै कुच्चिएको भाँडोसँगै
बेवारिसे छाडेर
थुप्रिएको चिल्लरले
मस्म डुम्साउने
महान आमा बोकेको,
साँझमा आफ्नै स्वास्नी बलत्कार गरी
दिनभर नारी अधिकारको वकालत गर्ने
महान पति बोकेको, बाउले झरिमा
दुनियाँको जुत्ता सिएर
थुप्रिएको पैसा सुटुक्क झिक...बाँकी
१० बैशाख, २०७३ |
धर्तीमा कुन हो असम्भव कुरा मान्छे हुने निष्फल एउटा देश बनाउने विषयमा खै एकताको बल प्रगतिशील छन्दकवि तथा समालोचक डा देवी नेपालले राष्ट्रिय एकतामाथि जोड दिँदै सांस्कृतिक बहुलता भएको मुलुकमा सबैमा सामाजिक सद्भावको आह्वानका साथ आफ्ना १४ वटा पद्य कविता र गजल प्रस्तुत गरे ।
जनसाहित्यिक मञ्च नेपाल र सां...बाँकी
९ बैशाख, २०७३ |
हरियाली त्यो बन करोडौं मा एक छ
र नेपाली यो मन करोडौं मा एक छ
एकान्तमा मरौ जस्तो लाग्दा सोच्ने गर्छु
आहा! मेरो जीवन करोडौं मा एक छ
धर्ती जब मलाई फिक्का लाग्छ थाल्छ
हेर्दै भन्छु म गगन करोडौं मा एक छ
भुल्न त म ज्यान जाला सक्दै सक्दिन भो
किनकि नेपाली प...बाँकी
९ बैशाख, २०७३ |
रोशन दाहाल
सुखी भएर
दुखीको पीडा नबुझ्ने
साहित्यकार
सारालाई गरीब बनाउनुछ
गरीबिको पीडा बुझि
लेख्न सिकुन्
हात सुकीला छन्
कोदालो खनाउनुछ
हातका छाला जाने गरी
आफ्नै पीडा बुझि
गिटी कुट्ने
कलिलो बालकको
पीडा लेख्न सकुन
ती ग्रन्थ जलाउनुछ
जसले उर्जाशिल युवालाई
अल्छी र भ्रमित बनाए
काम छाडेर गफ सिकाए
...बाँकी
९ बैशाख, २०७३ |
लक्ष्मीप्रसाद सापकोटा
बुधबार बिहानै कलाकार मनोज गजुरेल सदरमुकाम कुश्माबजारस्थित शिवालय चोकमा भेटिए। मुखमा माक्स र हातमा पन्जा लगाएका गजुरेललाई कुचोसहित एक्कासी शिवालय चोकमा भेटिँदा बजारवासी दङ्ग परे ।
सधैँजसो जिल्लाकै कर्मचारी र स्थानीयवासीको हुलमुलमा चर्चित कलाकार देखिँदा कहाँ, किन र कसरी आए भन्ने कुतुहलता बढ्न थ...बाँकी
९ बैशाख, २०७३ |
मेरो घरमा हुलाकी भर्खर आएको छ
कसैबाट मेरो नाममा खबर आएको छ ।।
म यता मृत्युको मुखमा पुग्न लाग्दै गर्दा
बोल्दै नबोली बैगुनी सहर आएको छ ।।
कदर गरुँ या बदर प्रेम म दोधारमा छु
फूलको सट्टा उपहार पत्थर आएको छ ।।
तिमिले छोडेर गएको दिनदेखि मेरो
कोमल हृदयमा निकै निडर आएको छ ।।
जब मैले वसन्त हर...बाँकी