newskoseli.Com

चन्द्रमाको पल्लो छेउमा पहिलो पटक यान, चीनलाई नासाको बधाई

चिनियाँ यान पहिलो पटक चन्द्रमाको रहस्यमयी खाडलको सतहमा अवतरण गरेको छ । चीनको अन्तरिक्ष एजेन्सीले बिहीबार स्थानीय समयअनुसार बिहानको १० बजेर २६ मिनेटमा चाङ ई– ४ नामक यान अवतरणको औपचारिक घोषणा गरेको हो । यान पृथ्वीबाट टाढा पर्ने पल्लो छेउको खाडलमा अवतरण भएपछि चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले...बाँकी

चुनाव जित्न जनता, राजनीति गर्न कार्यकर्ता– पीए चाहिँ सालासाली, छोराछोरी र भाइभतिजा ! (आफन्तलाई पीए राख्नेहरुको सूचीसहित)

शाखा अधिकृत सरहको सुविधा पाउने अवसर कार्यकर्तालाई होइन, घरमै राख्न चाहन्छन् सांसदहरू । बाह्रैमास राजनीतिमा सहयोग कार्यकर्ताबाट लिन्छन्, चुनाव जित्न जनबाट भोट पाउँछन्, अक्सर नेता र सांसदहरूका सालासाली, छोराछोरी र भाइभतिजा नेता वा सांसदहरूका राजनीतिकर्ममा खासै सघाउँदैनन, सघाए पनि ज्यादै कम र सजिलो ...बाँकी

‘जनप्रतिनिधि’ को ‘पौरख’ ! विकास खर्च काटेर धमाधम सवारी साधन खरिद

लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन रहँदा अनेकौं विकृति, समस्या र अनियमितता चरमचुलीमा पुगेको थियो । करिव डेढ वर्षअघि स्थानीय तहको निर्वाचन सम्पन्न भएर सबै तहमा जनप्रतिनिधि क्रियाशील हुन थालेपछि अब भने विगतका सबै विकृति र समस्या हट्ने अनि जनसेवा, विकास र समृद्धिको गति अगाडि बढ्ने आशा र भरो...बाँकी

० विद्यार्थी, ८ प्राध्यापक : त्रिभुवन विश्वविद्यालयको इतिहास विभाग !

नेपालको जेठो, ऐतिहासिक र विश्व र्‍यांकिङमा समेत अगाडि नै रहेको त्रिभुवन विश्वविद्यालयलाई काठमा धमिरा लागे झैं भित्रभित्रै खोक्रो, कमजोर र धराशायी पार्दै लगिएको छ । तीव्र राजनीतीकरण, आर्थिक भ्रष्टाचार र चौतर्फी अव्यवस्थाका कारण त्रिविका विभिन्न क्षेत्रका प्रसंगहरु हाँसो उठ्दो किस्सा झैं बन्न थालेक...बाँकी

एकै सरकारी कार्यालयको परिसरमा एउटै नम्बरका तीन गाडी !

एउटै नम्बर प्लेटका तीन गाडी, एउटै सरकारी कार्यालयको परिसरमा भेटिँदा तपाईं के सोच्नुहुन्छ ? पक्कै पनि अनौठो मान्नुहोला । बाराको पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयको कम्पाउन्डमा बुधबार यस्तै अनौठो दृश्य देखियो । यो कानुन विपरीतको काम गरेका छन् राजस्व अनुसन्धान कार्यालयका कर्मचारीले । चोरीका तीन ...बाँकी

गम्भीर रोग र कठोर दुःख यसरी लुकाउँछन् महिला…

एक सातासम्म निरन्तर रगत बग्दा पनि नरहरिनाथ गाउँपालिका– १ की दुरी विश्वकर्माले कसैलाई खबर गरिनन् । उनी ४ महिनाकी गर्भवती हुन् । दुरीको समस्या जटिल बन्दै गएपछि मात्र पति अम्मरेले जानकारी पाए । उनले पत्नीलाई कुमालगाउँस्थित स्वास्थ्य चौकी पुर्‍याए । उनको समस्या निरन्तर बढ्दै गएपछि त्यहाँका हेल्थ असिस...बाँकी

‘पहरो गर्जिए गर्जियोस्, वाइडबडी प्रकरणको रौं–चिरा केलाइन्छ : प्रधानमन्त्री

वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओली गहिराइसम्म पुगेर छानबिन गर्ने निष्कर्षमा पुगेका छन् । बहालवाला पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी समेत मुछिएको प्रकरणमा सरकारले जरैदेखि छानबिन गर्ने निष्कर्षमा प्रधानमन्त्री पुगेका हुन् । ‘मन्त्रिपरिषदका सदस्यलाई ...बाँकी

नेपालमा झन्डै ४९ हजार त नर्स मात्रै बेरोजगार !

देशमा सर्वत्र बेरोजगारी उत्कर्षमा पुगेका बेला नर्सहरुको बेरोजगारीले समेत सीमा नाघेको छ । नेपालमा हालसम्म रहेका नर्समध्ये ६६ प्रतिशत बेरोजगार छन् । नेपाल नर्सिङ काउन्सिलमा कूल ८५ हजार ६ सय ६ नर्स दर्ता भएकोमा २५ हजारले मात्रै रोजगारी पाएका छन् । काउन्सिलका अनुसार ७ हजार नर्स रोजगारीको खोजीमा बि...बाँकी

वाइडबडी भ्रष्टाचार : ‘तथ्यगत ठहरसहितको निर्णयलाई नेकपाले स्वीकार्छ’

वाइडबडी प्रकरणमा संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले ल्याएको प्रतिवेदनमा समितिको अन्तिम निर्णय र त्यसपछि आउने प्रतिवेदन अध्ययनपछि मात्र सत्तारुढ नेकपाले आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । वाइडबडी अध्ययन–अनुसन्धान गर्न गठित उपसमितिले बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...बाँकी

आफ्नै श्रीमतीमाथि श्रीमानद्वारा एसिड प्रहार !

पोखरा महानगरपालिका– २९, आदर्शनगरका ४७ वर्षीय वीरेन गुरुङले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । भरतपुर– २४, ध्रुवबजारस्थित माइतीमा बस्दै आएकी २० वर्षीया डोल्मा रुम्बालाई गुरुङले एसिड आक्रमण गरेका हुन् । पारिवारिक झगडाका कारण घटना भएको चितवन प्रहरीले जनाएको खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प...बाँकी