newskoseli.Com

अमेरिकी राष्ट्रपतिले पहिलो पटक टेके उत्तर कोरिया : ट्रम्पले किमलाई दिए ह्वाइटहाउस भ्रमणको निम्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई अमेरिका भ्रमणको निम्ता दिएका छन् । उत्तर र दक्षिण कोरिया छुट्याउने असैनिक क्षेत्रमा भएको पहिलो ऐतिहासिक भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतालाई अमेरिका भ्रमणको निम्ता दिएका हुन् । राष्ट्रपति ट्रम्पले ह्वाइ...बाँकी

विद्रोहीद्वारा विमानस्थलमा ड्रोनमार्फत बम आक्रमण

हुथी विद्रोहीहरुले साउदी अरेबियाको दक्षिणी आसिर प्रान्तमा रहेको आभा विमानस्थलमा मानवविहीन विमान (ड्रोन) बाट आक्रमण गरेका छन् । विद्रोहीहरुले जिजान प्रान्तको जिजान विमानस्थलमा समेत ड्रोनमार्फत बम आक्रमण गरेको दाबी पनि गरेका छन् । दुवै ड्रोन आक्रमणबाट आभा र जिजान विमानस्थलका विमान ह्याङ्गरमा आक्रमण...बाँकी

विद्रोहीको आक्रमणमा सरकारी सेनाका उच्च कमान्डरको मृत्यु

हुथी विद्रोहीसँगको झडपमा यमनको सरकारी फौजका एक जना वरिष्ठ कमान्डरको मृत्यु भएको छ । यमनी सेनाका अधिकारीले जनाए अनुसार दक्षिणी ढाली प्रान्तमा हुथी विद्रोही र सेनाबीच भएको भीडन्तका क्रममा उक्त घटना भएको हो । साउदी अग्रसरतामा हवाई आक्रमण तीव्र भएसँगै ढाली प्रान्तमा पछिल्ला केही दिनदेखि सशस्त्र सङ्घर...बाँकी

अज्ञात समूहको आक्रमणमा २३ जनाको मृत्यु, गाईवस्तु समेत लुटिए

नाइजेरियाको उत्तर पश्चिमी राज्य जाम्फारामा मङ्गलबार भएको आक्रमणमा २३ जना स्थानीयबासीको मृत्यु भएको प्रहरीले जनाएको छ । शस्त्रधारीहरूबाट भएको आक्रमणबाट टुङ्गा र काबाजेका २३ जना गाउँलेको ज्यान गएको जाम्फाराका प्रहरी प्रवक्ता मोहम्मद शेहुले पुष्टि गरे । नाइजेरियाका उत्तरी भेगमा पछिल्ला दिनहरुमा गाउँ...बाँकी

अष्ट्रेलियाली प्रधानमन्त्रीले लिए दोस्रो कार्यकालको सपथ

अष्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री स्कट मरिसनले पुनः प्रधानमन्त्री पदको सपथ लिएका छन् । मरिसनको नयाँ मन्त्रिमण्डलमा पहिलो पटक ७ जना महिलाको सहभागिता रहेको छ । मरिसनले बुधबार बिहान गभर्नर जनरल पिटर कोसग्रोभसमक्ष सपथ लिएका हुन् । मे १८ मा भएको आम निर्वाचनमा प्रधानमन्त्री मरिसनको नेतृत्वमा रहेक...बाँकी

कतारको कथा : ‘नाकाबन्दीपछि झन् बलियो र आत्मनिर्भर’

कतारमाथि नाकाबन्दी लागेको दुई वर्ष भयो । छिमेकी साउदी अरेबिया, इजिप्ट, बहराइन र युनाइटेड अरब इमिरेट्स (यूएई) ले संयुक्त रूपमा लगाएको नाकाबन्दी भोग्दै छ कतार । ५ जुन, २०१७ मा नाकाबन्दी लाग्दा कतार हतास देखिएको थियो । तर, कतारले देशवासीलाई नाकाबन्दीको अनुभव हुनै दिएन । ‘कठोर नाकाबन्दी चिर्दै कतार प...बाँकी

प्रधानमन्त्रीको टाउकामा अण्डाको झटारो ! २५ वर्षीया युवती कर्‍याप्प

अष्ट्रेलियामा डेढ सातापछि हुने आम चुनावको अभियानमा खटिएका प्रधानमन्त्री स्कट मरिसनको टाउकामा अण्डाको झटारो हानिएको छ । चुनावी अभियानका क्रममा न्यु साउथ वेल्सस्थित अल्बारी भन्ने ठाउँमा पुगेका मरिसनले महिलासँग कुरा गरिरहेका बेला एक युवतीले उनको टाउकामा अण्डाको झटारो हानेकी हुन् । १८ मे, २०१९ मा अष्...बाँकी

अपदस्थ राष्ट्रपति आफैं पुगे कारागार, जहाँ भर्खरैसम्म उनले विपक्षीहरूलाई थुन्थे !

सुडानका अपदस्थ राष्ट्रपति ओमर अल बशिरलाई कारागार चलान गरिएको छ । उनलाई राजधानी खर्तुममा रहेको कारागारमा राखिएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । ‘गएरातिदेखि बशिरलाई राजधानी खर्तुममा रहेको कोबर कारागारमा लगिएको छ’– सुरक्षाका कारण नाम उल्लेख नगर्ने सर्तमा स्रोतले बुधबार भन्यो । गत बिहीबा...बाँकी

६.२ रेक्टर स्केलको भूकम्प : ११ को मृत्यु, २४ बेपत्ता

मध्य फिलिपिन्सको समार प्रान्तमा मङ्गलबार मध्याह्न फेरि ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको फिलिपिन्स भौगर्भिक केन्द्रले जनाएको छ । यसअघि सोमबार साँझ समेत ५.७ म्याग्निच्युडको भूकम्प गएको थियाे । भूकम्पको केन्द्र पूर्वी समार प्रान्तको सान जुलियानबाट करिव १९ किलोमिटर उत्तरतर्फ जमिनको सतहबाट कर...बाँकी

पूर्वराष्ट्रपतिद्वारा आत्महत्या : जसले आफ्नै कन्चटमा हाने गोली…

दक्षिण अमेरिकी राष्ट्र पेरुका पूर्वराष्ट्रपति एलन गार्सियाले आफ्नै कन्चटमा गोली हानी आत्महत्या गरेका छन् । गार्सियाले घुस लिएको आरोपमा उनलाई पक्राउ गर्न निवासमा पुलिस जाँदा उनले आत्महत्या गरेका हुन् । गार्सियालाई राजधानी लिमास्थित अस्पताल पुर्‍याइएको थियो । पेरुका वर्तमान राष्ट्रपति मार्टिन व...बाँकी