newskoseli.Com

‘क.’ को माने ‘कमारा/कमारी’ !

नामको अगाडि ‘क.’ अझै राख्ने गर्दछन् उनीहरू तर, त्यो ‘क.’ को माने ‘कमरेड’ हुन छाडेको छ र, ‘कमारा–कमारी’ मा फेरिएको छ अचेल नामको अगाडि ‘क.’ हुनेहरू अधिकाङ्श कमारा–कमारीहरू हुने गर्दछन् !!...बाँकी

चुनाव आयो [छन्दोबद्ध कविता]

चुनाव आयो घर–गाउँ डुल्दै नेता करायो दुई हात जोर्दै गर्दैछ बाचा अति शिष्टताले भर्दैछ आश्वासन मिष्टताले । ल फेरि मीठो सपना सुनायो संसार सारा गफ चुट्न थाल्यो जिब्रो चलायो अनि मस्त पार्‍यो नेता रमायो कति मस्त छायो । भन्दैछ उसले मत देऊ मात्र मौका मिलेमा अझ लुट्छु देश सानोतिनोमै कति जात फ्या...बाँकी

रहेनन् ‘आमा–दिदी–बहिनी…’ का गायक : सुप्रशिद्ध जनगायक जेबी टुहुरेको निधन

नेपालका सुप्रशिद्ध एवं शीर्ष जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । उनको औपचारिक नाम जुठबहादुर खड्की हो । राजधानीस्थित बयोधा अस्पतालमा उपचारकै क्रममा ७८ वर्षको उमेरमा बिहीबार उनको निधन भएको हो । धरानको मधुमल्लामा वि.सं. २००१ साल कात्तिक १५ मा उनको जन्म भएको थियो । कलंकीस्थित घरमा पक्षाघात भएर १ ...बाँकी

स्वास्थ्ययोद्धालाई फाैजीयोद्धाको पत्र

प्रिय साथी स्वास्थ्यकर्मी योद्धा तिमीलाई फौजी योद्धाको सलाम छ । सँगसँगै हो तिमी स्वास्थ्य–सिपाहीमा भर्ती भएको म फौजी सिपाहीमा भर्ती भएको तिमीले सेतो बर्दी रोजेको मैले हरियो बर्दी रोजेको तिमीले आला, कैंची अनि औषधि रोजेको मैले बम, बारुद अनि बन्दुक रोजेको बाटो र तरिका फरक हो । आखिर उद्ध...बाँकी

‘बहस’ : अर्जुन पराजुलीको बेजोड कविता !

शीतलनिवासको धाराले दिएकै छ बालुवाटारको धाराले दिएकै छ नारायणहिटीको धाराले दिएकै छ बूढानीलकण्ठको धाराले दिएकै छ । गतिछाडाको धाराले दिएकै छ बयलगाडाको धाराले दिएकै छ गुडगुडे हुक्काको धाराले दिएकै छ उखान–टुक्काको धाराले दिएकै छ । संसद् विघटनको अधिकार नदिएको त्यही एउटा संविधानको धाराले त हो ...बाँकी

समाजवादी कला–साहित्यबारे प्रलेसको परिसंवाद

कला–साहित्यको समाजवादी स्वरूपबारे प्रगतिशील लेखक सङ्घ, नेपालको सैंतीसौं परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । सङ्घका केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीसहितको सहभागिता तथा प्रगतिशील साहित्यकार एवम् कलाकर्मी मणि थापाको विषयवस्तु प्रस्तुतिसँगै भर्चुअल माध्यमबाट कात्तिक ७ मा कार्यक्रम सम्पन्न भए...बाँकी

‘साथी म बन्दी छु’ : [ जेलभित्रैबाट माइला लामाको सशक्त सिर्जना ]

फलामे ढोका पर्खालभित्र, साथी म बन्दी छु न्यायको गीत गाउँदै हिँड्दा, साथी म बन्दी छु । विदेश होइन युवाको पौरख, देशभित्रै पोख्न देऊ प्यारीको साथमा पसिना धारा, माटोमा रोप्न देऊ दिदी र बहिनी पराइको देशमा, बेचिन नदेऊ भनेर युवा आवाज गाउँदा, साथी म बन्दी छु । ढुकुटीमाथि लामो हात गरे, देश भो बर्बा...बाँकी

भेडाल्याण्ड

शिक्षा र भिक्षाले बिग्रेको एउटा गाउँ छ गाउँको नाउँ हो– भेडो गाउँ । गाउँभित्र तपाईं र म मात्रै होइनौं अरु थुप्रै अग्रज भेडाहरु पनि छन् तिनै अग्रजको अग्रगतिले गाउँ बिग्रेको तर, भेडो के–कतिले बिग्रेको, थाहा छैन आफूले त अहिलेसम्म बिग्रिने मौका नै पा’छैन । मौकामा चौका हान्दछौं मुखले गाली गर्दै ...बाँकी

‘सपनाका यात्रीहरू’ : विप्लवका युग बदल्ने सारथि (भिडियाेसहित)

सपनाका यात्रीहरू सपना जोगाउनुपर्छ सपनामै जिउँछ जीवन, सपनामै रम्छ जीवन मान्छेहरू भन्छन्– प्रतिबन्धात्मक अवस्थामा पनि तपाईंहरूको सिर्जनात्मक कार्यमा कत्ति पनि कमी आएन हगि ! हामीले पनि ती मित्रहरूलाई भन्ने गरेका छौँ– यो प्रतिबन्ध त हामीलाई झन् अवसर भएको छ । तेलङ्गानाका क्रान्तिकारी जनगायक गद्दरले य...बाँकी

पूर्खाका पदचापहरु

उरालेर नसामा विस्तारवादी छालहरु ताकेर मेरो कालीको शिर तिमी आइपुगेछौ ठीक मेरो आँगनमा । विश्व बन्दाबन्दीको कोरोना कहरमा तड्पिरहेका बेला जब चोइट्यायौ हाम्रो अस्तित्व जब टुकर्यायौ हाम्रो अस्मिता जब धुज्यायौ हाम्रो मानचित्र जब गुडायौ अभिमानको कारगेड तब नै उम्लेको हो यो गोर्खाली रगत र, लम्...बाँकी