कविता
म सहर
निदाइरहेको बालक छोरोलाई
रत्नपार्कको पुलमा
एका बिहानै कुच्चिएको भाँडोसँगै
बेवारिसे छाडेर
थुप्रिएको चिल्लरले
मस्म डुम्साउने
महान आमा बोकेको,
साँझमा आफ्नै स्वास्नी बलत्कार गरी
दिनभर नारी अधिकारको वकालत गर्ने
महान पति बोकेको, बाउले झरिमा
दुनियाँको जुत्ता सिएर
थुप्रिएको पैसा सुटुक्क झिक...बाँकी




