newskoseli.Com

काभ्रेमा महिला पत्रकारका लागि तालिम

नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाले जिल्लामा रहेका महिला पत्रकारका लागि दुईदिने आधारभूत पत्रकारिता तालिमको आयोजना गरेको छ ।
जिल्ला विकास समितिको आर्थिक सहयोगमा सञ्चालित सो तालिम राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले मंगलबार शुभारम्भ गर्दै पुरुषलाई भन्दा महिलालाई बढी प्राप्त भए त्यत्तिकै त्यसको प्रवह बढने भने  ।

उनले उपेक्षित र पिछडिएकाहरुलाई बढी सूचना उपलब्ध गराउनुपर्ने र त्यसका लागि लक्षित समुदाय पनि अग्रसर हुनुपर्ने पनि जोड दिए ।
स्थानीय विकास अधिकारी टेकराज निरौलाले भने “हाम्रो यो सहयोग पर्याप्त होइन तर पनि यसले धेरै महत्व राख्नेछ भन्नेमा आशावादी छु ।”
प्रेस काउन्सिल नेपालका सदस्य ईश्वरी ओझा र शुभेच्छा विन्दुले पत्रकारिता क्षेत्रमा महिला पत्रकारले निर्वाह गर्नुपर्ने भूमिकाबारे चर्चा गरे।
तालिममा जिल्लाका २३ जनाको सहभागिता रहेको महासङ्घका जिल्ला उपाध्यक्ष तथा तालिम संयोजक रमा दाहालले जानकारी दिए।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर