मुस्लिम धर्मावलम्बीले आज इद–उलफितर पर्व उत्साहका साथ मनाइरहेका छन् ।
रमजानको एक महिनाको अवधि पूरा भएको रात्रिमा चन्द्रमाको अवलोकन गरेको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ ।
यस पर्वको अवसरमा आज बिहानदेखि मोरङ, सुनसरीलगायत जिल्लामा मुस्लिम धर्मावलम्बीले बिहानैदेखि मस्जिद वा इदगाहमा पुगेर पर्वको शुभारम्भ गरेका छन् ।
सो अवसरमा बिहान नयाँ वस्त्र धारण गरेर मस्जिद वा इदगाहमा पुगेर अल्लाहलाई नमाज अदा गरी एकापसमा गला मिलाएर शुभकामना आदान–प्रदान गरिरहेका छन् ।
विराटनगरस्थित मस्जिदमा पनि हजारौँको सङ्ख्यामा मुस्लिम धर्मावलम्बी भेला भएर सामूहिक रुपमा नवाज अदा गरेर पर्व मनाइरहेका छन् ।
यसका साथै विभिन्न परिकारका भोजन पकाएर खाने, इष्टमित्रलाई खुवाउने, गरिबलाई अन्न, वस्त्र र नगद दान गर्ने यो पर्व तीन दिनसम्म मनाइन्छ ।