६ श्रावण, २०७९ |
न्युजकोसेली संवाददाता
राष्ट्रको केन्द्रीय बैंकका रुपमा रहेको नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार अपराह्न मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
मौद्रिक नीति सार्वजनिक गर्नुअघि शुक्रबार नै राष्ट्रबैंक सञ्चालक समितिको बैठक बसेको थियो । सोही बैठकले...बाँकी
१४ जेष्ठ, २०७९ |
न्युजकोसेली संवाददाता
चालु आर्थिक वर्ष (आ.व. २०७८/७९) को चैत मसान्तसम्मको आर्थिक विवरण समाविष्ट ‘आर्थिक सर्वेक्षण २०७८/७९’ प्रतिनिधिसभाको शनिबारको बैठकमा पेस गरिको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ आर्थिक सर्वेक्षण पेस गरेका हुन् ।
हरेक आर्थिक वर्षको अनुमानित वार्षिक आय–व्यय विवरण (बजेट) गणतन्त्र दिवस अर्थात् जे...बाँकी
२९ फाल्गुन, २०७८ |
पत्रपत्रिकाबाट
आसन्न स्थानीय निर्वाचनमा कुन–कुन तह र पदका उम्मेदवारले के–कति खर्च गर्न पाउने भन्ने सम्बन्धमा निर्वाचन आयोगले सीमा निर्धारण गरिदिएको छ । प्रमुख भनिएका राजनीतिक दलका प्रतिनिधिहरूसँग शुक्रबार गरेको छलफलमा आयोगले खर्च सीमाबारे जानकारी गराएको हो ।
महानगरपालिकाका मेयर–उपमेयरका उम्मेदवारले अधिकतम ७ लाख...बाँकी
२३ फाल्गुन, २०७८ |
पत्रपत्रिकाबाट
पछिल्लो दुई दशकमा भएका करिव आधा दर्जन चुनावमा निर्वाचन आयोगको भन्दा सुरक्षा निकायको खर्च बढी छ । २०४६ को राजनीतिक परिवर्तन पछिका सुरुका चुनावमा दुवै निकायको खर्चमा धेरै भिन्नता थिएन । तर, पछिल्ला चुनावहरूमा भने सुरक्षा निकायको खर्च धेरै प्रतिशतले बढेको छ ।
२०७९ वैशाख ३० मा हुने भनिएको स्थानीय तहक...बाँकी
१९ माघ, २०७८ |
पत्रपत्रिकाबाट
पेट्रोलको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा मंगलबार प्रतिलिटर ३–३ रुपैयाँ बढाएको छ । अब प्रतिलिटर पेट्रोलको मूल्य १ सय ४२ तथा डिजेल र मट्टीतेलको मूल्य १ सय २५ रुपैयाँ पुगेको छ । इन्धनमा यो मूल्य इतिहासकै सर्वाधिक हो ।
इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ सू...बाँकी
११ माघ, २०७८ |
पत्रपत्रिकाबाट
सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैङ्कमध्ये २३ वटा बैङ्कले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कूल २९ अर्ब ५९ करोड ९१ लाख रुपियाँ नाफा आर्जन गरेका छन् । आ.व. २०७७र७८ को साउनदेखि पुससम्ममा २६ अर्ब ५० करोड ६१ लाख रुपियाँ नाफा गरेका बैङ्कहरूले यो वर्षको सोही अवधिमा ३ अर्ब रुपियाँभन्दा बढी नाफा आर्जन गरेक...बाँकी
३ माघ, २०७८ |
पत्रपत्रिकाबाट
नेपाल खाद्य संस्थानबाट ‘सहुलियत मूल्य’ मा बिक्री हुँदै आएको चामल किन्न हुम्लीहरूले अनिवार्य रूपमा नागरिकताको फोटोकपी पेस गर्नुपर्ने भएको छ । पछिल्ला दिनमा हुम्लाका नागरिकले चार किलो चामल किन्न नागरिकताको फोटोकपी बुझाउनुपर्ने ‘नियम’ बनाइएको हो ।
समयमै ढुवानी नहुँदा अनुदानको खाद्यान्न किन्न यहाँका ...बाँकी
८ कार्तिक, २०७८ |
प्रत्येक नेपालीको थाप्लामा ऋणको भार करिव ५७ हजार रुपैयाँ पुगेको छ । सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब पुगेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिकतर्फ ८ खर्ब १ अर्ब (४६.३४ प्रतिशत) र बाह्यतर्फ ९ खर्ब २७ अर्ब (५३.६६ प्रतिशत) छ । यसको भाग लगाउँदा हरेक नागरिकको भागमा ५६ हजार...बाँकी
३१ भाद्र, २०७८ |
नेपालमा बजेट प्रणाली सुरु भएदेखि हालसम्मको ७० वर्षको इतिहासमा पहिलो पटक बहुमत प्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्च समेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको छ । नेपालमा सर्वप्रथम २००८ सालदेखि बजेट प्रणाली सुरु भएयता नेपालको इतिहासमै पहिलो पटक यस्तो ‘बजेट होलिडे’ भएको हो ।
त्यसयता हरेक...बाँकी
२९ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सरकारको न्यूनतम साझा कार्यक्रम, नीति तथा कार्यक्रम, देशको वर्तमान आर्थिक अवस्थाको जानकारी– २०७८ तथा राष्ट्र बैंकको तेस्रो रणनीतिक योजनालाई आधार मौद्रिक नीति सार्वजनिक गरिएको राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारील...बाँकी