
राष्ट्रको केन्द्रीय बैंकका रुपमा रहेको नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार अपराह्न मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
मौद्रिक नीति सार्वजनिक गर्नुअघि शुक्रबार नै राष्ट्रबैंक सञ्चालक समितिको बैठक बसेको थियो । सोही बैठकले पास गरेपछि मौद्रिक नीति सार्वजनिक गरिएको हो ।