
क्लासिक डाइमण्डले ‘टाइमलेस प्यारागन ज्वेलरी फेसन सो (टीपीजेएफएस)’ सम्पन्न गरी ‘विशेष ज्वेलरी एक्जिबिसन’ सुरु गरेको छ । काठमाडौंमा सोमबार (फागुन १२ मा) ‘टीपीजेएफएस’ सम्पन्न भई मंगलबार (१३ गते) देखि ‘विशेष ज्वेलरी एक्जिबिसन’ सुरु भएको क्लासिक डाइमण्डले जनाएको छ ।
क्लासिक डाइमण्ड ज्वेलर्सले मंसिरमा आयोजना गरेको फेसन र मोडलिङ प्रतियोगिता ‘फेस अफ क्लासिक डाइमण्ड’ को पाँचौं सिजनका विजेताहरूलाई टीपीजेएफएस कार्यक्रममा सम्मान र पुरस्कार प्रदान गरियो । देशभरबाट छानिएका प्रतियोगीमध्ये पूर्णिका सिंजापति फेस अफ क्लासिक डाइमण्ड, सृष्टि श्रेष्ठ फस्ट रनर अप तथा उरुषा भण्डारी सेकेन्ड रनर अप भएका छन् । विजेताहरुले नगद पुरस्कारसहित एक वर्षका लागि क्लासिक डाइमण्डको ‘ब्रान्ड एम्बेस्डर’ बन्ने अवसर पनि प्राप्त गरेका छन् ।
फेसन सोमा विजेताहरुको क्राउनिङ सेरेमोनी समेत सम्पन्न भयो । क्राउनिङ सेरेमोनीपछि विजेताहरुलगायत विभिन्न मुलुकका १५ भन्दा बढी अन्तर्राष्ट्रिय मोडलहरुले इलाइट कलेक्सनका नयाँ डिजाइनका गहनाहरु लगाएर र्याम्प–वाक गरे । उक्त अवसरमा मिस युनिभर्स २००० तथा बलिउड अभिनेत्री लारा दत्त सो–स्टपर रहिन् । क्लासिक डाइमण्डको विशेष क्राउन लगाएर दत्तले र्याम्प–वाक गरिन् । क्लासिक डाइमण्ड तथा नेपालका बारेमा समेत उनले विचार व्यक्त गरिन् ।
फागुन १३ देखि एक सातासम्म जारी विशेष छुटसहितको ज्वेलरी एक्जिबिसन क्लासिक डाइमण्ड ज्वेलर्सको न्युरोड तथा पुल्चोक सोरुममा आयोजना गरिएको छ । यस अवसरमा क्लासिक डाइमण्ड ज्वेलर्सले पहिलो पटक हिरा तथा जेम्स स्टोन जडित गहनाहरुमा फ्याक्ट्री मूल्यमै २५ प्रतिशत छुटको अफर गरेको छ । इलाइट कलेक्सन अन्तर्गत ५ वटा विभिन्न क्याटेगोरीमा हिराका गहना प्रदर्शनी गरिएको छ ।