newskoseli.Com

जरोकिलो पार्टीले बनायो एकता वार्ता समिति

मौलिक जरोकिलो पार्टीले वार्ता समिति गठन गरेको छ । ७ कात्तिकमा बसेको उक्त पार्टीको सर्वोच्च परिषदको बैठकले केन्द्रीय प्रवक्ता अरुण पौडेलको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गर्ने निर्णय गरेको हो ।

जेन–जी ‘आन्दोलन’ पछि उत्पन्न नयाँ राजनितिक परिस्थितिमा ‘वृहत् मध्यमार्गी राजनीतिक शक्ति’ निर्माणको आवश्यकताबोध गर्दै ‘मूलधारको मध्यमार्गी राजनीतिक शक्ति’ निर्माण प्रक्रिया अघि बढाउनका लागि वार्ता समिति गठन गरेको सो पार्टीद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

भ्रष्टाचार, बेथिति तथा दण्डहीनताका विरुद्व र सुशासनको पक्षमा नेपालको मौलिकतामा आधारित पुनर्जागरणका लागि सवै अग्रगामी शक्ति, जेन–जी नवयुवाहरु, आन्दोलनका अभियन्ता, राजनीतिक दल, विभिन्न पेशा–व्यवसायमा आबद्व देशप्रेमी व्यक्तिहरु, संघ–संस्थालगायतसँग एकता र सहकार्यका लागि संवाद गर्ने सर्वोच्च परिषद बैठकको निर्णयअनुसार वार्ता समिति गठन भएको हो ।

पौडेल संयोजकत्वको उक्त वार्ता समितिमा धीरेन्द्र चन्द सोडारी र सम्झना घिमिरे बन्जारा सदस्य रहेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर