newskoseli.Com

प्राइम कमर्सियल बैंकको १७औं वार्षिकोत्सव : ३९२ जनाद्वारा रक्तदान

प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो आफ्नो १७औं वार्षिकोत्सवका अवसरमा शुक्रबार केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौं, कोशी प्रदेश कार्यालय बिराटनगर, मधेश प्रदेश कार्यालय वीरगञ्ज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल र कर्णाली प्रदेश कार्यालय छिन्चु, सुर्खेतमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरले जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार देशभरका ६ स्थानमा सम्पन्न रक्तदान कार्यक्रममा बैकका कर्मचारी तथा शुभेच्छुक गरी ३ सय ९२ जनाले रक्तदान गरे । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरले सम्पूर्ण रक्तदाता तथा प्रविधिकहरुलाई धन्यवाद दिँदै मानव जीवन रक्षाका लागि अत्यावश्यक रगत संकलन गर्ने कार्यक्रम सम्पन्न गर्न पाउँदा अत्यन्तै खुसी लागेको धारणा राखे ।

आगामी दिनमा पनि सामाजिक सेवाका विभिन्न कार्यहरु गर्दै जाने प्रतिबद्धता समेत प्रमुख कार्यकारी अधिकृत मानन्धरले व्यक्त गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर