newskoseli.Com

बाधा अड्काउ फुकाउ आदेश संसदबाट पारित

व्यवस्थापिका संसदले राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको बाधा अड्काउ फुकाउ आदेश बहुमतले पारित भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रष्ट व्यवस्था नभएको भन्दै मन्त्रिपरिषद् बैठकले बाधा अड्काउ फुकाउका लागि राष्ट्रपति भण्डारी समक्ष सिफारिस गरेको थियो ।
सरकारको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले सोमबार बाधा अड्काउ फुकाउ आदेश जारी गरेकी थिइन् । मंगलबार संसदमा पेश भएको बाधा अड्काउ फुकाउ आदेशमाथि छलफलपछि संसदले अनुमोदन गरेको हो ।

बाधा अड्काउ फुकाउ आदेशमाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्री अग्नी खरेलले दिएपछि उक्त आदेश निर्णायार्थ संसदमा पेश भएको थियो ।

जवाफ दिने क्रममा कानुनमन्त्री खरेलले सरकार गठनमा देखिएको अन्यौलता चिर्न सरकारले बाधा अड्काउ फुकाउको सिफारिस गरेको प्रष्ट पारे ।
कांग्रेस सांसदले उक्त आदेश आवश्यक नभएको भए पनि आलोचनात्मक समर्थन गर्दै आदेशको पक्षमा मतदान गरे । कानुनमन्त्रीले जवाफ दिएलगत्तै संसदमा पेश भएको बाधा अडकाउ फुकाउ आदेश संसदका बहुमत सदस्यले पारित गरेका हुन् ।
यो आदेश संसदबाट अनुमोदन भए सँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । पारित हुनु अघि संसदमा आदेशको पक्ष र विपक्षमा सांसदहरुले आफ्आफ्ना धारणा राखेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर