newskoseli.Com

देशभर बाढीपहिरोको प्रकोप, हजारौं विस्थापित, सुरक्षित स्थानमा सर्न मौसमविद्को अपिल

तीनदिन देखिकाे अविरल वर्षाका कारण तराइका अधिकांश भूभाग डुवानमा परेकाे छ । त्यस्तै, पहाडी भेगमा पहिराेकाे कारण बस्ती पुरिएका छन् । स्थानिय वासिन्दा बिस्थापित भएका छन् ।

खानेकुरा, लताकपडा लगायत अतिअावस्यकताका बस्तुहरू पहिराेले पुरेपछि पीडितहरूकाे बिचल्ली भएकाे छ । अहिले विहानसम्मकाे सरकारी अाँकडा अनुसार ४५ जनाकाे पहिराेमा पुरिएर निधन भएकाे छ भने दर्जनाै हराइरहेका छन् ।

अविरल वर्षापछिको बाढी र पहिरोका कारण सयौ बस्ति खतरामा परेका छन् । खोला नजिकका एक सयभन्दा बढी र पाहाडी क्षेत्रका पाँच सय बस्ति जोखिममा रहेको सरकारले जनाएको छ । नदीहरुमा पानीको सतह बढ्दै गएको वरीपरीका नागरिक संकटमा परेका छन् । बर्षा अझै जारी रहेकाले सुरक्षित स्थानमा जान मौसमविद्हरुले अपिल गरेका छन् ।

प्रकोप बढेको छ । मुलभर कम्तिमा ४५ जनाको मृत्यु भएको छ । गएराती ४३ जनाको मृत्यु भएकोमा आज कपिलबस्तुमा थप दुई जना थपिएका छन् । २५ जना अझै वेपत्ता रहेका छन् । चौबिस घण्टाको अवधिमा बाढी र पहिरोले ठूलो क्षति भएको छ । पहिराले प्युठानमा सबैभन्दा बढी १७ जनाको मृत्यु भएको छ । अझै २० जना वेपत्ता रहेका छन् । सेना र प्रहरी उद्धारमा खटिएको छ ।

अझै एकदुइदिन वर्षा जारि रहन सक्ने भन्दै माैसमविद्हरूले बाढीपहिराेकाे जाेखिम भएकाे स्थानमा सजग रहन अनुराेध गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर