newskoseli.Com

नेविसंघको महाधिवेशन सुरु : ११ जिल्लाको प्रतिनिधि विवाद कायमै

पार्टी एकतापछि नौ वर्षसम्म हुनसकेको नेपाल विद्यार्थीसंको ११ औं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरुभएको छ । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले एक भव्य समारोहकाबीच काठमाडाैंको भृकुटी मण्डपमा महाधिवेशनको विधिवत् उद्घाटन गरेपछि अधिवेशन सुरु भएको हो ।

आउँदो २५ गते सम्म चल्ने महाधिवेशनमा देशभरिका ३ हजार ४ सय विद्यार्थी सहभागी भएको आयोजक समितिले जनाएको छ । अधिवेशनको उद्घाटन् भए पनि ११ जिल्लाको विवाद कायमै रहेको छ भने ६४ जिल्लाका प्रतिनिधिहरुको समेत टुंगो लाग्न सकेको छैन ।  आइतबार अबेरसम्म चलेको उद्घाटन सत्रको सुरुमा उत्साहका साथसभाहलमा भरिएका विद्यार्थीले कार्यक्रमको उत्तरार्धमा निराश बनेका छन् ।

कम आशा धेरै निराशा

देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको भ्रातृसंगठन भएकोले पनि देशभरीबाट विद्यार्थी तथा शुभचिन्तकहरु काठमाडौं आएका छन् । उद्घाटन सत्रका नेताहरु नै वादविवादमा उत्रिएपछि धेरै कार्यकर्ता निराश भएका छन् ।

आइतबारको उद्घाटन सत्रमा बोल्ने अधिकांश नेविसंघका पूर्व अध्यक्षहरुले चुनाव हुने कुरामा एकमत राखेपनि नौ वर्षसम्म पनि प्रतिनिधिको विवाद नमिलेको भनेपछि प्रतिनिधिहरु निराश भएका छन् ।

कार्यक्रमको बीचमा बोलेका नेविसंघको चुनाव गराउन बनेको निर्देशक समितिका संयोजक प्रकाश शरण महातले आज रातीसम्म ११ जिल्लाको विदाद मिलाउने बताएका थिए । उनले नेताहरु बसेर राती सबै प्रतिनिधिको टुंगो लाग्ने बताएका थिए । महतपछि बोलेका नेविसंघका पूर्व अध्यक्ष बलबहादुर केशीले क्याम्पस र इकाइबाट आउने प्रतिनिधि रातारात खल्तिबाट मिलाउने भन्दै विद्यार्थी माझ चर्को विरोध गरे ।

केशीले आफ्नो मत आउने जिल्लामा ठिक छ नआउने ठाउँमा विवादित भनेर समस्या बल्झाइएको आरोप लगाए । तर पूर्व अध्यक्ष तथा निर्देशक समितिका सदस्य गुरुराज घिमिरेले विवाद देखाएर चुनावमा कुनै असर पार्न नहुने भन्दै जुनसुकै हालतमा चुनाव गर्ने बताए ।
अहिलेसम्म विवादको टुंगो नलागेपछि दलबल सहित राजधानी आएका विवादित भनिएका ११ जिल्लाका प्रतिनिधिहरु निराश छन् । धेरै विद्यार्थीहरुले यी जिल्लाको विदादले अधिवेशनमा धाँधली हुनसक्ने अँकलन गरेका छन् ।

धेरैको ध्यान अनसनकारीमा

नेविसंघमा भएका गैर प्रतिनिधिहरु खारेज गर्नुपर्ने माग गर्दै नेविसंघका नेता रत्नहरी ढुंगेलगायत ९ दिनदेखि आमरण अनसनमा बसेका छन् । तर पार्टीका नेताहरुले उनीहरुको मागलाई उपेक्षा गरेको भन्दै अधिकांश नेताहरुले आलोचना गरेका छन् ।

नेविसंघका पूर्व महामन्त्री तथा नेता गगन थापाले अहिलेसम्म प्रतिनिधिहरुको टुंगो नलागेको र रातारात खल्तिबाट मिलाउने प्रयास भइरहेको भन्दै आक्रोस पोखे । थापाले विधि र प्रक्रियाको विरुद्धमा अनसनमा बसेका विद्यार्थीको माग जायज भएको भन्दै त्यसको सम्बोधन गर्न पार्टी नेतृत्व उदासिन भएको अरोप लगाए । उनले पार्टी सभापति शेरबहादुर देउवाको नामै उच्चारहण गरेर भने—‘ अनसनमा बसेका साथीहरु सडकका आवारा होइनन्, २०६३ को आन्दोलन र पार्टी निर्माणमा हामी जत्तिकै योगदान गरेका साथी हुन्, तिनको समस्या तत्काल समाधान गर्नुपर्छ ।’

पार्टीका अधिकांश पूर्व विद्यार्थी नेताहरुले अनसनकारीको माग सम्बोधन गरेर अगाडी बढ्नुपर्ने तर्फ ध्यानाकर्षण गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर