newskoseli.Com

फिस्टेल एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटनाग्रस्त

गोर्खाबाट काठमाडौंका लागि उडेको फिस्टेल एयरको हेलिकप्टर सम्पर्कविहीन भएको फिस्टेल एयरले जनाएको छ। नाइनएनएकेए साइन भएको हेलिकप्टर दिउँसो १२ बजेर १२ मिनेटपछि नुवाकोटको आकासबाट सम्पर्कविहीन भएको  हाे ।

गोर्खाको सिर्दिवासबाट गर्भवती महिला लिएर उडेको सो हेलिकप्टर  केही समयपछि सम्पर्कविहीन भई नुवाकोटको मदानपुर ९ को जंगलमा दुर्घटना भइसकेको पुष्टि भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले बताएका छन् ।

हेलिकप्टरमा ५ यात्रु र १ पाइलट थिए । हेलिकप्टर हराएको आशंका गरिएको क्षेत्रमा फिस्टेलकै अर्को हेलिकप्टर खोजीकार्यमा परिचालन गरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर