newskoseli.Com

दुई बस ठोक्किँदा नौ घाइते

पूर्वी चितवनको राप्ती नगरपालिका–९ खुरखुरेमा सोमबार दुई बस ठोक्किँदा नौ यात्रु घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्तीको खुरखुरेमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा १ क ५२२७ नम्बरको डेजी स्कुलको बसले सोही दिशातर्फ आउँदै गरेको ना ५ ख १९७६ नम्बरको बसलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

सोमबार साँझ भएको दुर्घटनामा घाइते भएका यात्रुको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटना भएका गाडीका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर