newskoseli.Com

४० प्रहरी किन परे कारबाहीमा ?

प्रहरी आचरणअनुकूल काम नगरेको भन्दै बाँकेका ४० प्रहरीलाई जिल्ला प्रहरी कार्यालयले विभागीय कारबाही गरेको छ । सो कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार १ वर्षको अवधिमा प्रहरी सङ्गठनलाई बदनाम गर्नेगरी काम गर्ने प्रहरी निरीक्षकदेखि जवानसम्मका ४० लाई कारबाही गरिएको हो ।

आचरणअनुसार काम नगर्ने १ प्रहरी निरीक्षकको बढुवा रोक्का गरिएको छ भने अर्काले नसिहत पाएका छन् । २२ प्रहरी जवान, ६ हवल्दार, २ प्रहरी सहायक निरीक्षक, ८ प्रहरी नायब निरीक्षक र २ प्रहरी निरीक्षक कारबाहीमा परेका हुन् ।

त्यसैगरी सो अवधिमा उत्कृष्ट काम गर्ने ४३ प्रहरीलाई जिल्ला प्रहरी कार्यालयबाट पुरस्कृत समेत गरिएको उनले बताए । पुरस्कृत हुनेमा २ प्रहरी नायब उपरीक्षक, २ प्रहरी निरीक्षक, ५ प्रहरी नायब निरीक्षक, ४ प्रहरी सहायक निरीक्षक, १४ प्रहरी हवल्दार र १६ प्रहरी जवान छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर