९ मुलेमा रहेको द्वारीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ ।
निर्माण सम्पन्न सो आयोजनाले परीक्षणका रुपमा विद्युत् उत्पादन समेत सुरु गरेको छ । सदरमुकामदेखि १७ किलोमिटरको दुरीमा रहेको द्वारीखोलाबाट ३.७५ मेगावाट विजुली उत्पादन सुरु भएको हो ।
द्वारीखोला आयोजनाको निर्माण कार्य ३ वर्षअघि सुरु गरिएको थियो । ७५ करोडको लागतमा आयोजना निर्माण सम्पन्न भएको आयोजनाका प्रमुख सौरभ अर्यालले जानकारी दिए ।
यस्तै ४.५ मेगावाट क्षमताको पादम खोला विद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ । अवलपराजुलमा ५ मेगावाट क्षमतको अर्को आयोजनाको निर्माण समेत सुरु गरिएको छ ।